
अछाम भाद्र १७ । अखिल क्रान्तिकारी अछामको अछाम बहुमुखी क्याम्पसको पाँचौ क्याम्पस सम्मेलन सम्पन्न भएको छ । टंक नेपालीको अध्यक्षतामा भएको कार्यक्रमबाट नयाँ कमिटी समेत गठन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथीमा संगठनका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धुर्ब रावल रहनुभएको थियो । यस्तै बिशिष्ट अतिथिमा प्रदेश कमिटी सदस्य तथा जिल्ला उपाध्यक्ष कमल थापा रहनुभएको थियोे । कार्यक्रममा अन्य अतिथिमा नरेश नेपाली, कर्ण नेपाली, प्रकाश थापा लगायत रहनुभएको थियो भने संचालन नेत्र बहादुर साउदले गर्नुभएको थियो । सम्मेलनबाट धर्मेन्द्र तिमेल्सेनाको अध्यक्षतामा ११ सदस्यीय क्याम्पस कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा सुरेश देवकोटा, सचिवमा मोहन नेपाली, कोषाअध्क्षमा लक्ष्मी उपाध्याय, सह सचिब केसर थापा लगायत रहनुभएको छ । Source Mangalkhabar.com