
अछाम, असोज ०६ ।
संविधान दिवसको अवसरमा अछाम जेसिजले आयोजना गरेको जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सम्पन्न भएको छ । असोज ४ गतेबाट संचालन भएको प्रतियोगितामा विमल चन्द र बिरेन्द्र कुवँरको टीम प्रथम , रमेश बहादुर सिंह र दल बहादुर बडुवालको टिम दोस्रो तथा हर्क बहादुर ठकुल्ला र भोज कुमार बिकको टिम तेस्रो भएका छन । प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय हुने टिमलाई पुरस्कार , प्रमाणपत्र, अछाम जेसीजको लोगो भएको भेस्ट सहित सम्मान गरिएको थियोे । बर्ष २०२४ का अध्यक्ष अध्यक्ष फलेन्द्र प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियोे । कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले अछाम जेसीजले जिल्लामा विभिन्न समयमा रचनात्मक गतिविधि संचालन गर्दै आएको भन्दै प्रशंसा गर्नुभएको छ । आफ्नो स्थापना काल देखि यस्तै गतिविधि मार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल जेसीजले संचालन गरेका गतिविधिमा नगरपालिका सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । खेल क्षेत्रमा पर्याप्त लगानी नहुदा खेलाडीहरूले राम्रो खेल प्रदर्शन गर्न नपाएको भन्दै ब्याडमिन्टन खेलका लागि आवश्यक कोर्टको लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । यसका खेलाडी सहित सरोकारवाला योजना सहित नगरपालिकामा आउन समेत आग्रह गर्नुभएको छ । खेल क्षेत्रको विकास भएको खण्डमा मात्रै समग्र जिल्लाको अन्य विकासले गतिलिने भन्दै खेल क्षेत्रको विकासका लागि आफू विगत लामो समयदेखि लागि परेको बताउनुभयो । समापन कार्यक्रममा वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटी , वडा न ४ का अध्यक्ष नाम सिंह धामी, नेपाल जेसिज बर्ष २०२४ एरिया डी का आईटी कोडिनेटर जेसी तुलाराम बिसी, कानुनी सल्लाहकार शिवराज ढुंगाना , महासचिव झनक अधिकारी , कार्यकारी उपाध्यक्ष जितमान बोहरा , उपाध्यक्ष आनन्द साउद लगायतको सहभागीता रहेको थियोे । ब्याडमिन्टन प्रतियोगितामा सफल पार्न ग्लोबल आईएमई बैंक मंगलसेन शाखाले आर्थिक सहयोग गरेको छ जेसिज बर्ष २०२४ का अध्यक्ष फलेन्द्र प्रसाद उपाध्यायले जानकारी दिनुभएको छ । बैंकले अछाम जिल्ला यस्ता सामाजिक कार्यमा विभिन्न समयमा सहयोग गर्दै आईरहेको छ । सोही अवसरमा बैंकका शाखा प्रमुख अर्जुन बटाला लाई कदर पत्र मार्फत सम्मान गरिएको थियोे ।