साँफेबगर, ५ असोज ।
नेकपा एमालेका कार्यकताद्धारा साँफेबगरमा विरोध प्रदशर्न गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपि शर्माओलीको गलत कदम विरुद्ध एमाले नेता तथा कार्यकर्ता प्रदर्शन गरेका हुन्। एमाले कार्यकर्ताले नेकपा एमाले जिन्दावाद, जनताको बहुदलीय जनवाद जिन्दावाद, भुमाफिया मुर्दावाद, डा. भीम रावललाई दिएको चेतावनी फेर्ता ले लगाएतका नारा सहित प्रदर्शन गरेका हुन्।
यस्तै नेकपा एमाले साँफेबगर नगर कमिटीको आयोजनामा नेता तथा कार्यकर्ता भेला कार्यक्रम पनि सम्पन्न भएको छ। नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरको अध्यक्षताम भएको बैठकले नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावलका विषयमा नेकपा. एमालेका केन्द्रीय कमिटी सचिव एवम सुदूरपश्चिम प्रदेश कमिटी इञ्चार्ज लेखराज भट्टले २०८१ असोज ११ गते नेपाल प्रेसमा दिएको असत्य र भ्रमपूर्ण अन्तरवार्ताको डा. भीम रावलले वार्ता टोली समक्ष भएको यर्थाथता र तथ्यपरक कुरा लेखेको विषयमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कमरेड कृष्ण प्रसाद जैशीले पार्टीको कुनै पनि बैठकमा छलफलको विषय नै नबनाई पार्टीको लेटरप्याड र छाप प्रयोग गरि व्यक्तिगत ढंगले विज्ञप्ती निकाली पार्टीका नेता डा. भीम रावललाई चेतावनी दिएको विषयमा साँफेबगर नगर कमिटी तथा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटी सदस्यहरु र जिल्ला कमिटीका सदस्यहरुको तर्फबाट त्यस विज्ञप्तीको घोरभत्र्सना र खेद प्रकट गर्दै समयमै उक्त विज्ञप्ती सच्याईयोस् र फेर्ता लिईयोस् भन्ने माग समेत गरेको छ।
यस्तै पार्टी कार्यालयको जग्गा दान र भवन निर्माणका विषयमा डा. भिम रावलले पार्टीको मुल्यमान्यता, सिद्धान्त, पद्धती र परम्परा विपरित विभिन्न मुद्धामा परि रहेका व्यक्तिबाट जग्गा लिने र निजलाई नै भवन निर्माण गर्न जिम्म दिने जस्ता कामले पार्टीको छवि र सिद्धान्तमा आँच आउने धारणा व्यक्त गर्दा नेकपा एमाले केन्द्रीय सचिवालयको मिति २०८१ कार्तिक ४ गते बसेको बैठकले उल्टै स्पष्टिकरण सोध्ने कुराले आश्चर्य लागेको छ, यस्ता कार्यको खेद प्रकट गर्दछौँ, साथै उक्त निर्णय समयमै सच्याईयोस् भन्ने माग समेत राखेको छ। ब्ैठकले नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवम अछाम जिल्ला इञ्चार्ज, प्रदेश कमिटी अध्यक्ष, प्रदेश कमिटीको तर्फबाट तोकिएको साँफेबगर नगर कमिटी इञ्चार्जसंगको परामर्श र छलफल पश्चात मिति २०८१ कार्तिक ५ गते साँफेबगर नगर कमिटीले नेता तथा कार्यकर्ता भेला कार्यक्रम आयोजना गरिएको र उक्त कार्यक्रममा उस्थिति नै नभएर जिल्ला कमिटी सचिवालय सदस्य मार्फत फेसबुकमा बैठक स्थगित भएको सूचना लेख्न लगाएकोले नगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ र यस्तो कार्यको घोर भत्र्सना गर्दै खेद प्रकट गरेको जनाईएको छ। बैठकमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी सदस्य लगाएतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो। बैठकको संचालन नेकपा एमाले साँफेबगर नगर कमिटी सचिव ललित बोगटीले गर्नु भएको थियो।