हिक्मत बहादुर नेपाली
अछाम,
कमलबजार नगरपालिका वडा नं ७ जामामा कात्तिक २८ गते लाग्ने केदारनाथ मेला व्यवस्थापनका लागी व्यवस्थापन समिती गठन गरिएको छ । मेलालाई भव्य र सभ्य रुपमा सफल पार्न स्थानिय युवा महेश प्रसाद जैसीको संयोजकत्वमा ११ सदस्यि मेला(जात्रा) व्यवस्थापन समिती गठन गरिएको छ । कमलबजार नगरपालिका वडा नं ७ सेराका वडा अध्यक्ष नृप बहादुर बोहराको अध्यक्षतामा बसेको बैठकले जात्रा व्यवस्थापन समिति गठन गरेको हो ।
मेला व्यवस्थापन समितीको उपाध्यक्षमा राम प्रसाद जैसी , सचिवमा हेमराज खतिवडा, कोषाध्यक्षमा कासीराम खत्री चयन हुनुभएको छ । यस्तै सदस्यमा कमल बुढा, नरेश भण्डारी, दिनेश बोहरा, भरत बठायत, र पदम बिष्ट चयन हुनु भएको छ । गठन भएको ११ सदस्यि समितिले मेला व्यवस्थापनका लागी विभिन्न काम गर्नेछ ।
आज वडा अध्यक्ष बोहराको अध्यक्षतामा बसेको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । वडा स्थिीत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीतामा बसेको बैठकले जात्रा लाई व्यवस्थापन गर्न मेला अवधिभर एक किलोमिटर आसपासका क्षेत्रमा मदिरा विक्रि वितरण गर्न रोक लगाउन रोक लगाउने निर्णय गरेको छ । यस्तै मदिरा विक्रिवितरण गर्ने तथा सेवन गरि होहल्ला गर्ने कडा भन्दा कडा सजाय गरिनेछ । विक्रि वितरण गर्नेलाई ५ हजार र सेवन गर्नेलाई ३ हजार जरिवाना गरिने निर्णय गरिएको छ । मेला व्यवस्थाजनका लागी ईलाका प्रहरी कार्यालय कमलबजार संग आवश्यक सुरक्षा कर्मी माग गर्ने र स्थानिय सञ्चार माद्याम बाट प्रचारप्रसार गर्ने समेत निर्णय गरिएको छ ।
मेलालाई सफल पार्न वडा स्थिीत सबै राजनितिक दल , समाजसेवी, युवा, महिला, वालकालिका लगायत सबैलाई आग्रह समेत गरिएको छ ।
मेलामा स्थानीय संस्कृती जर्गेनाका लागी चर्चित देउडा गायक राजाराम भाट ,भावना भट्ट, खगेन्द्र उपाध्याय, भुवन अधिकारी विच देउडा घम्साघम्सी हुने बताईएको छ । मेलामा आम दर्शक लाई सहभागी भई सफल पार्न सहयोग गरिदिन समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय