
हिक्मत बहादुर नेपाली
अछाम मंसिर १ ।
अछाम जिल्लाको रामारोशन गाउपालिका वडा नं २ चाफामाण्डौमा गए राति पुर्णिमा मेलामा राँगा काट्ने क्रममा एक जना घाइते भएका छन । मंगलसेन नगरपालिका वडा नं १२ का २५ बर्षिय रमेश जनालाले रांगा लाई काट्ने क्रममा रामारोशन गाउपालिका वडा नं २ बस्ने. २६ बर्षिय शिव लुहारको बाँया हातको नाडिमा खुडा लागि हात काटिन गई घाईते भएको अछाम प्रहरीले बताएको छ ।
उनको उपचारको लागि हिजो राति नै बयलपाटा लगिएको छ ।डाक्टरको राय अनुसार बिरामीको नसा सबै काटिएको , हात जोड्न नसकिने र अन्यत्र लगि उपचार गराउने अबस्था नरहेको समेत जानकारी प्राप्त भएको छ ।उच्च रक्तश्राव (Over bleeding ) को कारण उनको ज्यान सक्ने अवस्था रहेको छ । अहिले घाइतेको अपरेसन थिएटर (Operation Theater )मा उपचार भइरहेको छ | निजको साथमा उनका काका नाता पर्ने हर्क बहादुर लुहार रहेका छन । खुडा हान्ने जनाला प्रहरी चौकि शान्तडाको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ईश्वरी प्रसाद भण्डारीले बताउनु भएको छ ।