हिक्मत बहादुर नेपाली
अछाम मंसिर ३ ।
कमलजार नगरपालिका वडा नम्बर ९ मष्टावण्डालीले, संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री माननीय अरुण कुमार चौधरी स्वागत तथा सम्मान कार्यक्रम गर्दै वडामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्र हरूको विकासका लागि मागपत्र हस्तान्तरण गरेको छ ।
कमलबजार नगरपालिका वडा नं ९ मष्टावण्डालीका वडा अध्यक्ष कमल प्रसाद बजगाईको अध्यक्षतामा भएको कार्यक्रम भएको थियोे । आजै मन्त्री चौधरीले यस क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको अनुगमन गर्नुभएको छ । माननीय मन्त्रीले यस क्षेत्रमा रहेका जाल्पा देवीको मन्दिर लगायत धार्मिक तथा पर्यटकिय स्थलको भ्रमणका क्रममा सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रलाई विकासका निमित्त आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय