हिक्मत बहादुर नेपाली
अछाम मंसिर ७ । नेपाल कम्युनिस्ट पार्टी अछामको आयोजनामा ११ औँ पार्टी पुनर्गठन दिवसको अवसरमा जिल्ला सदरमुकाम स्थित श्री षोडशा देवी माध्यमिक विधालय मंगलसेनमा अध्ययनरत दृष्टिबिहिन २१ जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । अभिभावक बिहिन १५ जना र दृष्टिबिहिन ६ जना गरि २१ जना बालबालिकालाई बितरण गरेको हो । जिल्ला सचीव निरक सी को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आतिथी नेकपा का केन्द्रिय सदस्य जिल्ला इन्चार्ज मिना सी , आतिथी श्री षोडशा मा बि का प्र.अ बृकेश बोगटी ,अखिल (समाजवादी)का केन्द्रिय सदस्य दिपेन्द्र सी , अखिल (समाजवादी) का केन्द्रिय सदस्य एकेन्द्र सी रहनुभएको थियो । उक्त कार्यक्रममा शिक्षक विद्यार्थी को उपस्तिथि थियो भने कार्यक्रम संचालन नेकपा का जिल्ला समिति सदस्य तपेन्द्र सी ले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय