हिक्मत बहादुर नेपाली
अछाम,मंसिर १३ ।
स्वास्थ्य संस्था मर्मत सम्भार योजना अन्र्तगत प्राथमिक स्वास्थ्य केन्द्र कमलबजार अछाम लाई ४ लाख ४६ हजार ३ सय ४३ मुल्य बराबरका विभिन्न सामाग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य संस्थामा सेवा प्रवाहमा सहजता प्रदान गर्ने उदेश्यले वाक नेपाल तथा वल्र्ड भिजन ईन्टरनेशनलको साझेदारीमा २२ प्रकारका विभिन्न उपकरण तथा अस्पतालमा आवश्यक सामाग्री हस्तान्तरण गरिएको हो । कमलबजार नगरपालिका वडा नं २ स्थित प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारमा आयोजित एक कार्यक्रमका विच जनप्रतिनिधीको रोहवर तथा स्वास्थ्य संस्थाका कर्मचारी र संस्थाका प्रतिनिधीको विशेष उपस्थितीमा सामाग्री हस्तान्तरण गरिएको हो । परियोजना अन्र्तगत स्वास्थ्य केन्द्र लाई अत्यावश्यक सामाग्रीमा हस्तान्तरण गरिनुका साथैं मर्मत सम्भार गरिएको र सुशासन तथा खानेपानी, स्वास्थ्य तथा सरसफाई अभिमुखिकरण कार्यक्रम लगायत विभिन्न क्षमता अभिवृद्धिका क्रियाकलाप समेत संचालन गरिएको बताईएको छ ।
स्वास्थ्य संस्था मर्मत सम्भार तथा योजना हस्तान्तरण कार्यक्रम, वाक नेपालका महासचिव सुसिला बोगटीको अध्यक्षतामा सम्पन्न भएको छ । अध्यक्षताको आशन बाट बोल्दै बोगटीले वाक नेपाल तथा वल्र्ड भिजन ईन्टरनेशनलको साझेदारीमा सेवा परियोजना अन्तर्गत हस्तान्तरण भएका सामाग्रीको सदुपयोग हुनुपर्ने बताउनु भयो । वाक नेपालले विभिन्न परियोजनामा काम गरेको स्मरण गर्दै आगामी दिनमा दिगो विकासको लक्ष्य हासिल गर्ने विकासको सेरोफेरोमा हातेमालो गर्दै जान तयार रहेको बताउनु भयो ।
हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथी कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा बिष्ट कुँवर रहनु भएको थियो । प्रमुख अतिथीको आशन बाट बोल्दै उपप्रमुख कुँवरले गुणस्तरीय सेवा प्रवाह गर्न प्राथमिक स्वास्थ केन्द्रको आवश्यकता महसुुस गरि विभिन्न उपकरण उपलब्ध गरेकोमा सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्नु भयो ।

कार्यक्रममा कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्र बहादुर बिष्टले स्वास्थ्य संस्थाको आवश्यकता महसुस गरि विभिन्न सामाग्री हस्तान्तरण गरिएकोमा प्रशंसा व्यक्त गर्नु भयो । प्राथमिक स्वास्थ्य केन्द्रमा विजुली व्याकअप सिस्टम देखी खानेपानी योजना देखी विभिन्न २२ प्रकारका सामाग्री हस्तान्तरण गरेकोमा नगरपालिकाको तर्फ बाट धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप हातेमालो गर्न तयार रहेको बताउनु भयो ।
उपकरण हस्तान्तरण कार्यक्रममा कमलबजार नगरपालिकाका स्वास्थ शाखा प्रमुख जन स्वास्थ्य निरीक्षक टेक बहादुर बिष्टले हस्तान्तरण गरिएका सामाग्रीले स्वास्थ्य सेवा प्रवाहमा थप सहजता प्रदान गर्ने भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । साथैं पालिका भित्रका अन्य स्वास संस्था लाई सहयोग को अपेक्षा समेत रहेको बताउनु भयो । हाल अस्थायी भवनबाट सेवा प्रवाह भएकाले सेवाप्रवाहमा समस्या प्रवाहमा समस्या भईरहेकोले निमार्णाधिन १५ शैयाको अस्पतालको भवन निमार्ण कार्य तल्काल सम्पन्न गराउन सरोकारवालाको ध्यानाकर्षण गराउनु भयो ।
कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सुधिर कुमार यादवले विभिन्न उपकरण प्रदान गरेकोले स्वास्थ सेवा प्रवाहमा सहजता भएको र औषधि भण्डारणको लागी फ्रिज लगायत विभिन्न थप स्वास्थ्य उपकरणको आवश्यकता रहेको बताउनु भयो ।
कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारका व्यवस्थापन समितीका अध्यक्ष तथा वडा नं २ का अध्यक्ष दिर्घा टमट्टा, वल्र्ड भिजनका जिल्ला संयोजक मिन बहादुर थापा , कमलबजार नगरपालिकाका विभिन्न विषयगत शाखाका प्रमुख, रेडियो नेपालका अछाम संवाददाता हिक्मत बहादुर नेपाली लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालक केशव राज जोशीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय