हिक्मत बहादुर नेपाली
अछाम मंसिर १८ । अछाममा पालिकास्तरिय भलिबल प्रतियोगिता हुने भएको छ । मंसिर २२ गतेबाट कमलबजार नगरपालिका अछाममा भलिबल प्रतियोगिता हुने भएको हो ।
लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा खुल्ला महिला भलिबल प्रतियोगितका हुने कमलबजार नगरपालिकाका खेलकुद संयोजक धिरज रावतले बताउनु भयो ।
उहाँका अनुसार कमलबजार नगरपालिकाको आयोजना र समविकास नेपाल अछामको समन्वय र सह–आयोजनमा अन्तरपालिका स्तरिय भलिबल प्रतियोगिता हुने छ ।
जिल्लाका १० वटै पालिका भित्रका खेलाडी सहभागि हुन सक्ने बताइएको छ ।
सो खेलमा प्रथम पुरुस्कार १ लाख ५१ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र दिइने छ ।
यस्तै द्धितियलाई १ लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र, तृतियलाई ५० हजार नगद सहित मेडल र प्रमाणपत्र र सान्त्वनालाई २१ हजार नगदसहित प्रमाणपत्र दिइने बताइएको छ । यस्तै उत्कृष्ट ६ विधाका खेलाडिलाई ३ हजार नगद सहित मेडल र प्रमाणपत्र दिइने बताइएको छ । प्रतियोगितामा सहभागी हुने टिमले मंसिर २० गते विहान १० बजे देखी मंसिर २१ गते बेलुकी ४ बजे सम्म टिम दर्ता गरि सक्नु पर्नेछ । टिम दर्ताका लागी रु ५ हजार १ सय शुल्क तोकिएको छ । थप जानकारीका लागी कमलबजार नगरपालिका स्थित खेलकुद विकास समितीका संयोजक धिरज बहादुर रावतको सम्पर्क नं ९८४८४७८३२६ मा सम्पर्क गर्न सकिनेछ ।
ADVERTISEMENT