
मिलन नेपाली
कमलबजार, मंसिर २७ ।
किसान बहुउदेश्यीय सहकारी संस्था लिमिटेड कमलबजार ईकाईको ३० औं साधारण सभा कमलबजारमा सम्पन भएकोे छ । किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कमलबजार शाखाको ३० औं बार्षिक साधारण सभा तथा एकाई भेला कार्यक्रम संस्थाका संचालक समिति अध्यक्ष सुरेन्द्र कुमार शाहको अध्यक्षतामा सम्पन्न भएको हो । प्रतिनिधि सभा अछाम क्षेत्र नं २ का सांसद माननीय पूष्प बहादुुर शाहको प्रमुख आथित्यता र कमलबजार नगरपालिकाका मेयर यज्ञ प्रसाद ढकाल उप–मेयर शारदा कुमारी बिष्टको विशिष्ट अथित्यता सहित कमलबजार नगरपालिका विभिन्न वडाका वडाध्यक्षहरु विभिन्न क्षेत्रका प्रमुख, प्रतिनिधि तथा बुद्धिजीवीहरुको विशेष उपस्थितिमा सम्पन्न भएको शाखा प्रवन्धक तप्त बहादुर खत्रीले जानकारी दिनु भयो ।
। फोटो फिचर