
हिक्मत बहादुर नेपाली
अछाम, पौष २६ ।
कमलबजार नगरपालिका वडा नं ७ सेराको वडा कार्यालय भवन निमार्णका लागी वडाको आ.व २०८०÷८१ को बजेटमा १५ लाख विनियोजन गरिएको थियो । भवन निमार्णका लागी उपभोक्ता मार्फत का गर्ने गरि नेपाली कांग्रेश पार्टीका जिल्ला समिती सदस्य समेत रहेका स्थानीय खेम भण्डारीे अध्यक्ष रहेने गरि उपभोक्ता समिती गठन भयो । प्राविधिकले १५ लाख बराबरको ईस्टमेट तयार गरे । तत्पश्चात उपभोक्ता समितीले नगरपालिका संग सम्झौता ग¥यो । समितीले सम्झौता गरि पुरानो वडा कार्यालयको भवन रहेको क्षेत्रमा फिल्ड कटान गरि भवन निमार्णको जग खन्ने र पिल्लर हाल्ने कार्य गराउन जनशक्ति तथा पुर्वाधारको अभावका कारण उपभोक्ता समिती मार्फत काम गर्न नसकिने परिस्थिती सिर्जना भए पश्चात उपभोक्ता समितीले निमार्णको सम्पुर्ण जिम्मा कमल प्रसाद बजगाईलाई दिएको समितीका अध्यक्ष खेम भण्डारीले जानकारी दिनु भयो ।
कमलबजार नगरपालिका वडा नं ९ बा वडा अध्यक्ष समेत रहेका कमल प्रसाद बजगाईले यस अघि वडा नं ७ सेरामा पदमासना आवीको २ कोठे पक्की भवनका लागी आएको बजेटमा ५ कोठे पक्की भवन निमार्ण गरिसक्नु भएको थियो । सोही भवन निमार्णका क्रममा प्रयोग भएका सवारी साधन तथा भवन निमार्णका लागी आवश्यक पर्ने सेटिगंका सामाग्री समेत त्यही नजिकै भएको हुदा छिटो छरितो काम सम्पन्न हुने भएकाले बजगाई लाई निमार्णको जिम्मेवारी दिएको उपभोक्ता समितीका अध्यक्ष भण्डारीले बताउनु भयो ।
उपभोक्ता समितीले जिम्मा दिए बमोजिम बजगाईले असार मसान्त अगावै समयमै काम सम्पन्न गर्नुभयो र उपभोक्ता समितीले पालिका बाट भुक्तानी लिएर काम अनुसारको रकम बजगाई लाई भुक्तानी दिएको भण्डारीको भनाई छ ।
दैविक प्रकोप कसैको बसमा छैन । बर्षातको समयमा अत्याधिक बर्षाका कारण निमार्ण भएको भवन स्थलमाथी बाट ठुलो पहिरो आउदा भित्ता पट्टीको ग्याविङ जाली र पिल्लर भत्किएको प्रष्ट देखिन्छ ।
कमसल सामाग्री प्रयोग गरि आफै भत्किएको भए निमार्ण गर्नेको दोष रहला तर सम्झौता अनुसारको काम प्राविधिक ईस्टमेट अनुसार तयार गरि हस्तान्तरण गरिसकिएको काम लाई पछि पहिरो आई भत्किएको बिषयबस्तुलाई तोडमोड गरि भाम्रक रुपमा सामाजिक सञ्जालमा समाचार आएको प्रति आपत्ति रहेको वडा नं ९ मष्टावण्डाली वडा अध्यक्ष कमल प्रसाद बजगाईले बताउनु भयो । स्थलगत रुपमा जनताको आवाजलाई नबुझी भ्रामक समाचार बनाई मान्छेको चरित्र हत्या गर्ने काम नगर्न बजगाईको सुझाव छ ।
यस बिषयमा कमलबजार नगरपालिका वडा नं ७ सेराका वडा अध्यक्ष नृप बहादुर बोहरा संग बुझ्दा गत आर्थिक बर्षमा वडाको विनियोजित १५ लाख बजेट बाट प्राविधिक स्टमेट अनुसार काम भएको र यस आर्थीक बर्ष भवन निमार्णको थप कामका लागी वडाले थप २० लाख बिनियोजन गरेको बताउनु भयो । साथै काम सम्पन्न गर्न खेम भण्डारीको अध्यक्षतामा गत बर्ष उपभोक्ता समिती गठन गरिएको र समग्र उपभोत्ता समितीको सल्लाह अनुसारनै निमार्णको लागी आवश्यक पर्ने सम्पुर्ण कार्य गर्न कमल प्रसाद बजगाई लाई जिम्मेवारी दिएको र काम सम्पन्न भए पश्चात समितीले भुक्तानी लिई काममा खर्च भए बमोजिम बजगाई लाई भुक्तानी दिएको बताउनु भयो । बजगाईलाई काम दिएको प्रति स्थानीय कसैको पनी गुनासो नरहेको समेत बताउनु भयो । बजगाइले जिम्मा लिएर सामाजिक विकास कार्यालय बाट निमार्ण भएको विद्यालयको भवन निमार्ण गरेका मिस्त्री, गिट्टी बालुवा सिमेन्ट लगायत निमार्ण सामाग्री बोक्ने ट्याक्टर समेत त्यहि उपलब्ध भएकाले बजगाईलाई उपभोक्ता समितीको सल्लाह बमोजिमनै काम गर्न दिईएको उहाँको भनाई छ ।
वडा कार्यालय निमार्ण स्थलको भौगोलिक बनावटका कारण पछि श्रावण भदौंमा अत्याधिक वर्षाका कारण माथीबाट पहिरो आएर भत्किएको बिषयलाई नबुझेरै सामाजिक संजालमा आएका भाम्रक समाचार प्रति वडा सरकारको घोर आपत्ति रहेको वडा अध्यक्ष नृप बहादुर बोहराले बताउनु भयो । स्थानीय जनप्रतिको मानहानी हुने गरि आएको समाचार प्रति आफु कानुनी उपचारमा जाने उहाँको भनाई छ । जनप्रतिनिधीले कामदार लगाएर काम गर्न नपाईने कुरा कहि उल्लेख नभएको र आफ्नो क्षेत्रको विकासका लागी आफु प्रतिवद्ध रहेको उहाँको भनाई छ । दैविक प्रकोप बाट भत्किएको संरचना पुर्न निमार्ण गर्ने र भवन निमार्ण कार्य समयमै सम्पन्न गर्नका लागी यस बर्ष वडाले २० लाख बजेट विनियोजन गरिएको वडा अध्यक्ष बोहोराले बताउनु भयो ।