हिक्मत बहादुर नेपाली
अछाम पौष २८ ।
कमलबजार नगरपालिका वडा नं ५ का वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले आफ्नो सेवा सुविधा बाट भनी वडाको भैपरी आउने बाट खर्च गरेको समाचार सामाजिक सञ्जालमा बाहिरियो । के यर्थात यहि होत, नागरिक संग यस्तो झुटा खेती गरेकै हुनत यस बिषयमा कमलबजार दैनिकले विभिन्न सरोकारवाला संग गहिरिएर बुझ्दा वास्तविकता अर्कै भएको खुलासा भएको छ ।
विभिन्न सामाजिक संजाल मार्फत वडा अध्यक्ष सत्य राज तिमिल्सैनले वडा स्थित विभिन्न असाहाय,एकल,दुखी पिडीत, स्वास्थ्य समस्या बाट पिडित नागरिक लाई आर्थीक सहयोग गरेको तथा मृतकको परिवार लाई शोकको घडिमा किरिया खर्च स्वरुप आर्थीक सहायता दिएको खबर बाहिरिन्थो । केहि दिन अघि त्यो सहयोग गरेको रकम व्यक्तिगत रुपमा नभएर वडाको भैपरि आउने रकम बाट निर्णय गरि दिएको र पछी लेखा परिक्षणमा सैद्धान्तीक बेरुजु देखाएको बिषय बाहिरिए पछी एक पटक सबैलाई सोच्न बाध्य बनायो । नागरिक संग यति सम्मको झुट किन बोले आखिर वडा अध्यक्षले भन्ने प्रश्न मनमा उब्जियो तत्पश्चात यसको नागरिक स्तर सम्मै गएर बुझ्दा यर्थारतता फरक पाईयो ।
गत बर्ष वडाको भैपरी आउने शिर्षकमा विनियोजित रकम वडा समितीको निर्णय बाट वडा स्थित विभिन्न समस्या झेरिरहेका श्याम खत्री (५० हजार) लगायत रु. २ लाख बरावर रकम वितरण गरेको सत्य रहेछ । जुन अडिटले नितिगत नमिलेको भनी सैद्धान्तीक बेरुजु पनि देखाएको कुरा बाहिरिसकेको छ । तर त्यो भन्दा अर्को ठुलो यथार्थता वडा अध्यक्ष सत्यराजले आफुले पाउने सेवासुविधा बाट वडा स्थित विभिन्न असाहाय,एकल,दुखी पिडीत, स्वास्थ्य समस्या बाट पिडित नागरिक लाई आर्थीक सहयोग गरेको तथा मृतकको परिवार लाई शोकको घडिमा किरिया खर्च स्वरुप आर्थीक सहायता गरेको रहेछ । यो कुरा लाई कहिकतै नसमेटी वडाको भैपरी खर्च बाट दिएको कुरामात्र बाहिरिदिदा व्यक्तिगत रुपमा दर्जनौं व्यक्तिलाई गरेको सहयोगको पाटो ओझेलमा परेको रहेछ । वडा अध्यक्ष निवार्चीत भएर आए देखी हाल सम्म व्यक्तिगत रुपमा आर्थीक सहयोग गरेको रकम वडाको भैपरी आउने रकम बाट दिएको भन्दा ३५ हजारले बढी छ । अर्थात हाल सम्म आफ्नो सेवा सुविधा बाट २ लाख ३५ हजार रकम सहयोग गरेको वडा अध्यक्ष तिमिल्सैनाले कमलबजार दैनिक संग बताउनु भयो । जसको केहि उदाहरणको रुपमा सोहि वडाका गोकन विक लाई निजको अंकलको किरिया खर्चको रुपमा सहयोग गरेको रु १० हजार लाई लिन सकिन्छ । विक जस्ता दजनौं व्यक्तिलाई सहयोग गरिएको र सुख दुखमा जनप्रतिनिधी भन्ने भनाई लाइ आत्मासाथ गर्दै पारिवारीक आर्थीक अवस्था हेरेर किरियाखर्च स्वरुप ( पाँच हजार देखी १० हजार सम्म) आफु निर्वाचित भएर आए देखी हाल सम्म वडामा मृत्यु भएका परिवारलाई आफ्नो सेवासुविधा बाट खर्च हुने गरेर नै व्यक्तिगत रुपमा दिएको उहाँको भनाई छ ।
यस्तै स्वास्थ्य स्वयमसेविका लाई सम्मान स्वरुप ८ हजार बरावरको न्यानो सल हस्तान्तरण गरेको, गर्ववती महिला चेकजाँच गर्न आउदा खाजा नास्ता खर्च वाफतको १० हजार प्रदान गरेको देखी असाहाय टुहुरा बालबालिका लाई सहयोग गरेका अनेकौं उदाहरण भएको र आफ्नो कार्यालयमा आयो भने प्रस्ट रुपमा वडा कार्यालय बाट गरेको सहयाृेग र व्यक्तिगत रुपमा गरेको सहयोगको फेरिस्त पेश गर्ने उहाँको भनाई छ ।
कसैले हचुकातालमा भनेकै भरमा नानाथरी कुरा लेखेर बदनाम गर्ने काम भयो । समाजमा दुखी असायलाई सहयोग गर्ने काम अपराध गरेको त होइन होलानी । वडाको बजेट दुरुपयोग गरेको पनि होइन । वेरुजु त धेरै किसिमका हुन्छन वडा कार्यालय बाट गरेको सहयोग नितिगत अथवा सैद्धान्तीक वेरुजु भनेको छ । हो पालिकाले सहयोगका लागी निती बनाउनु पर्थो त्यो पालिका भित्रकै समग्र कमजोरी भयो । अलि ठुलो मात्राको रकम व्यक्तिगत रुपमा नसकिने भएकाले पनी विशेषतह स्वास्थ्य समस्या बाट पिडीत तथा अन्य असाहायलाई भैपरी आउने रकम बाट वडाले निर्णय गरेर प्रदान गरिएको हो ।
आफ्नो ल्यागतले भ्याए सम्म आफु संग समस्या राख्न आउने लाई निजको समस्या हेरेर १ हजार देखी १० हजार भन्दा बढी पनि सहयोग गरेको छु । यो मेरो जनप्रतिनिधी भएपछीको स्वभाव होइन सानै छदादेखीनैको स्वभाव हो । सहयोग गरेको कुरा धेरै प्रचारप्रसार गर्ने उदेश्य पनी होईन बरुसमाजमा सकारात्मक सन्देश परोस सबैलाई सहयोग गर्ने भावना जागृत होस भन्ने उदेश्यले सामाजिक सञ्जालमा राख्ने गरेको उहाँको भनाई छ । समाजमा काम गर्दैं जादा सबैको चित्त बुझाउन सकिने रहेनछ । प्रत्येक दिन वडाका नागरिकको सुझाव सल्लाह अनुसारनै काम गरिरहेको र राम्रो गर्न खोज्दा खोज्दैपनी केहि कमिकमजोरी रहन गएमा सुझाव सल्लाह ग्रहण गर्न सधैं तयार रहको उहाँको भनाई छ । तर पुर्वाग्रही ढंगले सतही कुरा नबुझेर सामाजिक सञ्जालमा मानहानी हुने गरि भ्रमित हुने तवरले नलेखिदिन हुन समेत आग्रह गर्नु भयो ।




