
हिक्मत बहादुर नेपाली
अछाम, माघ २ ।
प्रेस चौतारी नेपाल अछाम शाखको आयोजनामा विस्तारित बैठक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल अछामका अध्यक्ष टेक बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी अछामका अध्यक्ष चन्द्र बहादुर बोहरा रहनु भएको थियो ।
कार्यक्रममा गत मंसिरमा २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनबाट निर्वाचित जिल्लाको सम्पुर्ण समूह र प्रदेशका केही पदाधिकारी सहित सदस्यलाइ बधाई तथा सम्मान समेत गरिएको थियोे । साथै प्रेस चौतारी केन्द्रीय सदस्यमा मनोनीत नरेश शाही लगायत लाई पनि सम्मान गरिएको थियोे । सम्मान कार्यक्रम लगत्तै बसेको विस्तारित बैठकले प्रेस चौतारी नेपाल अछामको जिल्ला अधिवेशन अगामी माघ २५ गते गर्ने निर्णय गरेको छ ।आज मंगलसैनमा बसेको प्रेस चौतारीको जिल्ला कमिटीको बैठकले संगठनको केन्द्रीय सर्कुलरअनुसार माघ २५ गते अधिवेशन गर्ने निर्णय गरेको हो । प्रेस चौतारीको केन्द्रीय कमिटिले २५ माघ भित्र जिल्ला शाखाको अधिवेशन सम्पन्न गर्न सर्कुलर जारी गरेको छ ।