अछाम माघ ३ ।
सविधानसभा सदस्य भैरे कामीले खेल क्षेत्रको विकासका लागि राज्यले उचित किसिमको लगानी गर्नुपर्ने बताउनुभएको छ । आज राज्यले खेल क्षेत्रमा पर्याप्त लगानी गर्न नसक्दा खेल क्षेत्रको विकास र विस्तार हुन नसकेको भन्दै पर्याप्त लगानी बिना परिणाम हासिल गर्न नसकिने बताउनुभयो ।  मंगलसेन नगरपालिका स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा प्रमुख अतिथिको आशनबाट बोल्दै उहाले लगानीको अभावले खेलाडीहरू पलायन हुने गरेको , खेल प्रतिको आकर्षण पनि घटी रहेकाले यश तर्फ राज्य गम्भीर हुनपर्नेमा जोड दिनुभएको छ । खेलाडी पनि लगनशील हुन आवश्यक रहेकाले खेलाडीमा उत्साह थप्नका लागि अभिभावक र सरोकारवालाले ध्यानदिनुपर्ने बताउनुभएको छ । कार्यक्रममा विशिष्ट अतिथिको आशनबाट बोल्दै अछामका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले खेललाई व्यवसायीक ढंगले अघि बढाउनुपर्ने बताउनुभयो । कुनैपनि क्षेत्र जबसम्म व्यवसायीक बन्दैन तबसम्म त्यो क्षेत्रको विकास नहुने भएकाले खेललाई व्यवसायीक बनाउन आवश्यक रहेको बताउनुभयो । उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पदम बहादुर बोहराले कुनैपनि ठाउँको परिचय र पहिचान दिलाउने क्षेत्र भनेकै खेल क्षेत्र भएकाले लगनशीलताका साथ खेल खेल्न आग्रह गर्नुभएको छ । राज्यबाट खेल क्षेत्रमा पर्याप्त लगानी हुन नसक्दा खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्न नसकेको बताउनुभयो । आफ्नो परिचय र पहिचान झल्काउनका लागि उत्कृष्ट खेल प्रदर्शन गरि नतिजा ल्याउने गरि खेल्न सुझाव दिनुभएको छ । कार्यक्रममा अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारी, समाजिक विकास कार्यालय अछामका प्रमुख डम्बर बहादुर रावल, मंगलसेन नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, १४ वटै वडाका वडा  अध्यक्ष , कार्यपालिका सदस्य, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता रहेको थियोे । नगर उप प्रमुख संगीता रावल सोडारीको स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रमको संचालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावलले गर्नुभएको थियोे । निरन्तर पानी परेपछि पहिलो दिन हुने खेलहरू रद्व भएको र शुक्रबार बाट नियमित खेलहरू संचालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय