हिक्मत बहादुर नेपाली
अछाम माघ ७ ।
तुर्माखाँद गाउपालिका वडा न‌  ६ रानिवन स्थित प्रहरी चौकी भैरवस्थानको नवनिर्मित भवनको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
तुर्माखाँद गाँउपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित ३ कोठे भवन, व्यारेक भान्साघर तथा शौचालयको तुर्माखाद गाँउपालिका अध्यक्ष डम्बर बिसीले रिबन काटेर उद्घाटन गर्नुभयो ।
तुुर्माखाद गाँउपालिका वडा नं ६ का वडा अध्यक्ष टिकाराम जैशीको अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथी तुर्माखाद गाँउपालिकाका अध्यक्ष डम्बर बि.सी रहनु भएको थियो । भनव उद्घाटन कार्यक्रममा पालिकाका उपाध्यक्ष बिमला कुमारी शाही , गाउपालिकाका पुर्ब अध्यक्ष पुष्प राज शर्मा बिशिष्ट आतिथी रहनु भएको थियो । यस्तै जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारी , राष्ट्रिय अनुसन्धान कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ. दिल बहादुर चौधरी, कार्यपालिका सदस्य, पत्रकार, विभिन्न पार्टिका प्रतिनिधि र बिभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु लगाएतको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय