अछाम: बहुक्षेत्रिय पोषण योजना अन्तर्गत पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको पहिलो बैठक वर्ल्ड भिजन नेपालको आर्थिक सहयोग र वाक नेपाल को समन्वय तथा कमलबजार नगरपालिकाको आयोजनामा कमलबजारमा सम्पन्न भएको छ।
पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिका अध्यक्ष तथा कमलबजार नगरपालिका नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा कमलबजार नगरपालिका नगर प्रमुख यज्ञ प्रसाद ढकालले पोषण मैत्री वडा घोषण गर्नका लागि सबै सुचक पुरा गर्न आग्रह गरेका थिए।
वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग र वाक नेपालको संयुक्त साझेदारीमा संचालित एकिकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजना अन्र्तगत पालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा समितिको बैठक सम्पन्न भएको हो ।
बहुक्षेत्रिय पोषण योजना अन्तर्गत पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको पहिलो बैठकमा पोषण मैत्रि वडा छनोट गर्नकोलागि ४९ वटा सूचकहरु मध्यको आधारमा वडा नं २,३,४,५, को अनुगमन गरि आगामि फागुन महिनाको पहिलो हप्तामा दोस्रो बैठक बसी वडा छनोट गरिने बताईएको छ।
पोषण मैत्रि स्थानिय शासन घोषणाका लागि वडा छनोट गर्ने, बैठक बसी उक्त बैठकबाट वडा छनोट गरि वाक नेपाल संस्था लाई सिफारिस गर्ने लगाएतको निर्यण गरिएको वाक नेपाल अछाम (आई . एन . आर . एल.- टी .पी)परियोजना संयोजक लक्ष्मी भक्त जोशी ले जानकारी दिएका छन् । बैठकमा कमलबजार नगरपालिका वडा नं २ का का.बा . वडा अध्यक्ष दिपा भण्डारी वडा नं ४ का अध्यक्ष मिन बहादुर सायद वडा न. ६ का वडा अध्यक्ष लाल बहादुर शाह वडा नं ८ का वडा अध्यक्ष प्रजा बहादुर बोगटी वडा नं ९ का वडा अध्यक्ष कमल प्रसाद भण्डारी कार्यबाहक निमित्त प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बिष्ट कमलबजार नगरपालिका सबै बिषयगत शाखा प्रमुख वाक नेपालका महासचिव सुशिला बोगटी, कार्यक्रम संयाेजक लक्ष्मीभक्त जोशी,कार्यक्रम अधिकृत जगत बहादुर रावल, फिल्ड अधिकृत आरती कुंवर, फिल्ड परिचालक दिनेश बि क र पुरन बहादुर चलाउने तथा पत्रकार लगाएत सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय