हिक्मत बहादुर नेपाली

अछाम माघ २२ ।
पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध लगाईने एच.पि.भि. खोप सेवा अभियानकै रुपमा आज देश भर सुरु भएको छ । यसै विच अछामको कमलबजार नगरपालिकाको वडा नं २ मा अवस्थित श्री शिशुसुधार मा.बि. बजुडामा शुरूवात भएको छ  । कमलबजार नगरपालिका वडा नं २ का वडा अध्यक्ष  दीर्घा टमट्टाको अध्यक्षतामा संचालन भएको खोप केन्द्र सञ्चालन कार्यक्रमका प्रमुख अतिथि कमलबजार नगरपालिकाका उप प्रमुख शारदा कुमारी बिष्ट कुँवर  रहनु भएको थियोे । प्रमुख अतिथिको आशन बाट बोल्दै उपप्रमुख कुँवरले यो खोप बाट कोहि किशोरी पनि बञ्चित हुन नदिन सबैले लाग्नुपर्ने बताउनुभयो । कार्यक्रमको संचालन प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारका सि.अ.हे.ब. इश्वर राज ढकालले गर्नु भएको थियो । उक्त कार्यक्रममा  प्राथमिक स्वास्थ्य केन्द्र कमलबजार मा कार्यरत अ.न.मि. रमा खडका र श्री रुपमणी चौधरी लेखोप सेवा दिनु भएको थियो ।आज पहिलो दिन पालिका भरी ५१२ जना किशोरी र पालिकाको केन्द्र वडा नं २ मा २८ जना किशोरी लाई HPV खोप लगाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय