टेक बहादुर थापा

अछाम माघ २२ । नेकपा एमाले अछामको यहीँ माघ २४ गते हुने अगुवा कार्यकर्ता भेलालाई पुर्व गृहमन्त्री तथा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष राम बहादुर थापा बादलले सम्बोधन गर्ने भएका छन । पार्टी केन्द्रले तय गरेको तीन महिने वडा केन्द्रीत अभियान अन्तर्गत जिल्लामा अगुवा कार्यकर्ता भेलागर्ने निर्णय अन्तर्गत अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको र उक्त कार्यक्रमलाई उपाध्यक्ष थापाले सम्बोधन गर्ने भएका हुन ।

पार्टीका उपाध्यक्ष जिल्लामा आउने भएपछि नेकपा एमाले अछामले त्यसको तयारी अगाडि बढाएको छ । जिल्ला देखि वडा सम्म पार्टीका गतिविधिलाई तिब्रता दिएको पार्टीले एकपछि अर्को गरि संगठन कमजोर बनाउने गरि पार्टी भित्रकै केही व्यक्तिहरू सकृय भएपछि त्यस्ता व्यक्तिलाई कार्बाही गर्दै संगठनका गतिविधि चलायमान बनाएको छ ।

अहिले वडा तथा टोल स्तरमा पार्टीका केन्द्र देखि जिल्ला तहका नेताहरू पुगेर कार्याकर्तालाई आवश्यक प्रशिक्षण तथा पार्टीको कार्य योजना समेत निर्माण गर्ने काम अघि बढेको नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बहादुर बोहराले बताउनुभयो ।

अछाम क्षेत्र न २ को कमलबजारमा क्षेत्रिय समन्वय कमिटीको बैठक तथा तीन महिने वडा अभियान अन्तर्गतको अभिमुखी करणा गरेको पार्टीले तुर्माखाद गाउँपालिकामा पनि कार्यक्रम गर्दै योजना समेत निर्माण गरेको छ ।

सोमबार ढकारीमा पनि कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई पार्टीका केन्द्रीय सदस्य तथा अछाम क्षेत्र न २ का ईन्चार्ज यज्ञ बहादुर बोगटीले सम्बोधन गर्नुभएको एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवं तुर्माखाद गाउँपालिका ईन्चार्ज नरेश कुमार शाहीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय