हिक्मत बहादुर नेपाली
अछाम माघ २३ ।
कमलबजार नगरपालिका वडा नं ६ बिरपथमा गत शनिबार आगलागी बाट घर नष्ट भएका भिम बहादुर शाही लाई कमलबजार नगरपालिकाले राहत हस्तान्तरण गरेको छ । वडाको गैरिटाड बजार नजिकै वस्ने भीम बहादुर शाही को घर गत माघ १९ गते शनिबार राती आगलागी हुँदा घरमा रहेका सरसमान ,अनाज र लताकपडा जलेर नष्ट भएकोले राहत स्वरुप कमलबजार नगरपालिकालने प्रारम्भिक रुपमा त्रिपाल,ब्लाङ्केट, कम्मल लगायतका राहतका सामाग्री हस्तान्तरण गरेको हो । आज पिडित लाई भेटेर पालिकाका नगर उपप्रमुख शारदा विष्ट कुवर र वडा नं ६ का वडा अध्यक्ष लाल बहादुर शाहले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । वडा तथा नगर सरकारले छिट्टै निर्णय गरेर अग्नि पिडित शाहीलाई थप राहतको व्यवस्था दिलाउने वडा अध्यक्ष र उपप्रमुखले राहत हस्तान्तरणका क्रममा बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय