
हिक्मत बहादुर नेपाली
अछाम माघ २ ।
कमलबजार नगरपालिका वडा नं ५ कुईकाका ११ कृषकलाई आज दाँते ओखरका विरुवा हस्तान्तरण गरिएको छ । कृषि ज्ञान केन्द्र अछामको सहयोग, कमलबजार नगरपालिका कृषि शाखा र वडाको समन्वयमा वडा भित्रका कृतिपुर, नावसैन,गैरीटाँड,थकाईले र मानसैन टोलका ११ जना किसानलाई १०० वटा दाँते ओखरका बोटाहरु हस्तान्तरण गरिएको वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले जानकारी दिनुभयो ।