हिक्मत बहादुर नेपाली
अछाम फाल्गुन ४ ।
अछाममा ट्याक्टरको ब्रेक फेल भई दुुर्घटना हुँदा चालक घाईते भएका छन । जिल्लाको बान्निगढी जयगढ गाउपालिका.वडा नं. ६ दर्ना स्थित पानीखालमा आज विहान १० बजे तिर दुुर्घटना भएको हो । दुुर्घटनामा परि ट्याक्टर चालक ३२ बर्षिय रतन बुढामगर घाईते भएका छन । स्थानीय मुजाबगरबाट जयगढ तर्फ जाने क्रममा सु.प. प्र.२–०३–००१ त.३६०५ नं.को ट्याक्टरको ब्रेक फेल भई सडकबाट एक सय मिटर तल खसि चालक घाईते भएका हुन । घाइतेलाइ तत्काल उपचारको लागि बान्निगढी जयगढ गाउपालीकाको एम्बुलेन्समा बयलपाटा अस्पताल अछाममा पठाईएको छ । घाइतेको अवस्था मध्यम रहेको र उक्त स्थानमा प्रहरी चौकी जयगढबाट प्रहरी सहायक.निरीक्षक.गिरिराम नेपालीको कमाण्डमा–३ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारी जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय