अछामको ढकारी गाउँपालिका अध्यक्ष प्रकाश साउँदको सामाजिक सञ्जालमा व्यापक रुपमा आलोचना हुन थालेको छ । नेपाली चलचित्र ‘अन्धपथ’ को छायांकन ढकारी गाउँपालिकामा हुने र उक्त कार्यका लागि पालिकाले १५ लाख सहयोग गर्ने बताएपछि अध्यक्ष साउँदको आलोचना सुरु भएको हो । गाँउपालिकाले १५ लाख रुपियाँ निजी कम्पनीलाई दिने नहुने सुझाव र प्रश्न आउन थालेपछि गाउँपालिका अध्यक्ष अपश्बद सहित समाजिक सञ्जालमा उत्रिनुभएको छ । गाउँपालिका अध्यक्ष साउदले सामाजिक संजालमा यसबारे आफ्नो धारण राख्ने युवाहरुलाई अपशब्द प्रयोग गरेर टिप्पणी लेखेका स्कृनसटहरु भाइरल बनेका छन् ।
१५ लाख रुपियाँ गाउकै विकासमा खर्च गर्नुपर्नेमा युवाहरुको मत रहेको बेलामा अध्यक्ष साउँद सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेर टिप्प्णी लेख्नमा व्यस्त हुनुभएको छ । साउँदले पागल, गु खाने जस्ता अपशब्द सामाजिक सञ्जालमा लेख्नुभएको छ । साउँदले लेखेका केही टिप्पणीहरु अहिले मेटाइपनि कतिपयले ति टिप्पणीहरु सुरक्षित राखेर सामाजिक सञ्जालमा हालेका छन् । अध्यक्ष साउँदले यसअघि पनि सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेर टिप्पणी गर्दै आइरहेका कतिपय स्थानीयको आरोप छ ।
पालिकामा विरामीका लागि एम्बुलेन्स नभएको, युवाहरु गाउँमा रोजगारी नभएकै कारणले भारतमा चौकीदारी गर्न बाध्य भएको, नागरिकहरुले सानो कामको लागि पनि समस्या भोग्नु परेको, ग्रामीण सडकहरु मर्मत सम्भार नभएको गुनासो युवाहरुको छ । निजी कम्पनीलाई १५ लाख रुपियाँ दिएको शोभनिय नभएको भन्दै युवाहरुले स्थानीय जनताको हितमा रकम खर्च गर्नुपर्ने भनाइ राखेका छन् । गाउँपालिकाले पछाडी पारेका, परेका वर्ग र ठाउको विकासका लागि ठोस निति तथा कार्यक्रम, बजेट ल्याउन नसकेको स्थानीय युवाले आरोप लगाएका छन । गाउँपालिका अध्यक्ष साउदले यसरी सामाजिक संजालमा अपशब्द प्रयोग गरेकोमा अनुसन्धान र कानुनी निकायको ध्यान जानुपर्ने कतिपय युवाहरुको माग छ ।
गाउँपालिका अध्यक्ष साउदले बालबिवाह र छाउपडी सम्बन्धी चलचित्र निर्माण हुने दाबी गरेपनि उक्त अन्धपथ चलचित्र विदेशिएका युवा सम्बन्धी केन्द्रित रहेर निर्माण हुने समाचार प्रकाशन भएका छन । एकपछि अर्को गरि विवादित कामगर्दै चर्चामा आउने गाउँपालिका अध्यक्ष साउदले आफ्नो मर्यादा कायम गर्न नसकेको युवाहरुको बुझाई छ । ढकारी गाउँपालिका वडा न २ का युवा लाल बहादुर साउदले ढकारी जस्तो क्षेत्रमा चलचित्र छायांकन हुनु आफैमा राम्रो कार्य हो तर यसका लागि यति ठुलो बजेट खर्च गर्नु जनताले तिरेको करको दुरुपयोग भएको भन्दै आपत्ती जनाउनु भएको छ । सामाजिक संजालमा आफ्नो धारण राख्ने युवाहरुले गाउँपालिका अध्यक्ष साउदले यत्तिको आलोचना सहन सक्नुपर्ने भन्दै आलोचना सहन नसक्ने जनप्रतिनिधिले पदबाट राजिनामा दिनुपर्ने बताएका छन । यता राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै सार्वजनिक गरेको आर्थिक बर्ष २०८०÷८१ को कार्य सम्पादन मूल्यांकनमा ढकारी गाउँपालिका सबैभन्दा पुछारमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय