हिक्मत बहादुर नेपाली
अछाम फाल्गुन ०५ ।
अछाम जेसीज वर्ष २०२५ को आयोजनामा मङ्गलसेन नगरपालिका वडा न ४ स्थित प्रगतिशिल युवा क्लवका युवा खेलाडिहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण गरेका सामग्रिमा भलिबल २ सेट , नेट १ सेट, पम्प १ सेट र पोल (खम्बा) २ थान हस्तान्तरण गरिएको अछाम जेसिज बर्ष २०२५ का अध्यक्ष जितमान बोहराले जानकारी दिनुभयो ।
खेलाडि युवाहरुको मनोवल उच्च राख्ने उदेश्यले खेलकुदका सामाग्री हस्तान्तरण गरिएको र हरेक पटक हरेक क्षण युवाहरुको मन मस्तिष्कमा जहिले पनि अछाम जेसीज रहनुका साथै युवाहरु संगै हातेमालो गर्दै अगाडि बढ्ने र समाज रुपान्तरणमा युवाहरुको साथको पनि अपेक्षा राखिएको अध्यक्ष बोहराको भनाइ छ । उक्त कार्यक्रममा अछाम जेसिज बर्ष २०२५ का अध्यक्ष जेसी जितमान बोहरा, कार्यकारिणी उपाध्यक्ष , झनक अधिकारी – कोषाध्यक्ष जेसी आनन्द साउद– उपाध्यक्ष जेसी पुष्प केसी लगायतका पदाधिकारीको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय