निर्मल राजा, कैलाली ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री डा गाेपाल दहितले ऋण मिनाह हुन्छ भनी भ्रममा नपर्न आग्रह गरेका छन् ।
मंगलबार कैलालीकाे हसुलिय आएका डा दहितले लघुबित्त बिरुद्ध संघर्ष समिति नेपाल तथा राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ अभियान नामक संस्थाबाट ऋण मिनाह हुन्छ भनी भ्रम पुर्ण कुरा गरेकाे समेत बताए ।
उनले साेझा साझा जनताकाे गाउघरमा गई ऋणा मिनाह हुन्छ भनी भ्रममा पारेकाे बताए ।
काेराना काल जस्ताे विषम परिस्थितिमा ब्यापार ब्यवसाय बिर्गेकाे अवस्थामा बैंक तथा विशेष गरि लघुबित्त संस्थाले ब्यवसाय उकास्न थप ऋण दिई मदत गरेकाे बताउदै ऋणकाे सही सदुपयोग नहुनाले आज समग्र बित्तिय क्षेत्रमा समस्या आएकाे बताए ।
पुर्व मन्त्री समेत रहेका डा दहितले संघर्ष समितिले उत्थान गरेका बिषयवस्तुहरु लघुबित्त संस्था खारेज , लिएकाे ऋण तथा ब्याज सहित मिनाह त्यसै गरि बिना ब्याजमा ऋणकाे चलन लगायत अन्य माग समेत रहेकाे जुन पूरा गर्न नसकिने सरकार तथा राष्ट्र बैकले भनी सक्दा पनि यस हल्लाकाे पछि नलाग्न समेत आग्रह गरे ।
उनले केही मान्छेहरुले सरकार संग वार्ता भईसकेकाे र ऋण मिनाह हुन्छ भनी भ्रम पुर्ण समाचार फैलाएकाेमा दुख समेत ब्यक्त गरे ।
अर्थ बिद समेत रहेका दहितले कहिले ३ महिना पछि निष्कर्ष आउछ, कहिले २ महिना पछि निष्कर्ष आउछ भनी गरिखाने निम्न वर्ग, सिमान्कृत समुदाय, पछाडि पारिएकाे समुदायलाई गुमराहमा राखेकाे समेत आराेप लगाए ।
यसरी २०८४ सम्म याे या त्याे नाममा राजनैतिक स्वार्थ पुर्तिका लागि जनतालाई दुख दिने गरेकाे बताए ।
नेता दहितले ऋण मिनाह संसारका कुनै पनि बिकसित मुलुकमा नभएकाे हाम्रो जस्ताे बिकासन्मुख राष्ट्रमा झनै गर्न नसकिने बताए त्यसकारणा जुनसुकै सरकार आए पनि ऋण मिनाह नहुने बरु झनै ब्याज थपिदै जाने समेत बताए ।
सामाजिक अभियन्ता समेत रहेका दहितले थप उन्नति प्रगति तथा आर्थिक रुपमा सबल तथा सक्षम संगै महिला दिदी बहनीहरुले आत्म निर्भर तथा स्वराेजगार बन्न ऋण तिरी बित्तीय रुपमा बलियाे हुनु पर्ने बताए ।




