२०८१ फागुन १२,
निर्मल राजा
युनिक नेपाल लघुबित्त बित्तीय संस्था लि शाखा कार्यालय हसुलियाकाे आयोजनामा पुर्नताजगी तालिम सम्पन्न भएकाे छ ।
कैलाली जिल्लाकाे कैलारी गाउँपालिका वडा नं ७ काे बैजपुरमा समूह सदस्यहरुलाई पुर्नताजगी तालिम दिईएका हाे ।
युनिक नेपाल लघुबित्त बित्तीय संस्था लि का कार्यकारी निर्देशक तथा लघुबित्त बिज्ञ डा . गाेपाल दहितका अनुसार नेपालमा बित्तीय काराेबार गर्ने विभिन्न लघुबित्त बित्तीय संस्थाहरु रहेका छन् साथै बित्तीय आवश्यकता र महत्त्व भएका सेवाग्राही सदस्य समेत हुन्छन् र साेही अनुसार संस्थाले नयाँ नीति नियम निर्माण गरिरहेका समेत हुन्छन् । यस बित्तीय संस्थाले पनि विभिन्न उदेश्य तथा बिशेषता रहेका बचत सेवा ,ऋण सेवा, अन्य सेवा निर्माण तथा नियमक निकाय राष्ट्र बैक नेपाल सरकारले जारी गरेकाे निर्देशन बारे छलफल हुने गरि पुर्नताजगी तालिमकाे आयाेजना गरिएकाे जानकारी दिए ।
उनले बित्तीय सेवा निर्माण देखि कार्यान्वयन प्रकृया गर्दा अपनाउनुपर्ने विधि प्रकृया बारे पुर्नताजगी तालिममा बिषयवस्तु रहने समेत जानकारी दिए ।
हरेक वर्ष युनिक नेपाल लघुबित्त बित्तीय संस्था लि ले समूह सदस्यलाई उक्त तालिम प्रदान गर्दै आएकाे छ ।
कार्यक्रममा युनिक नेपाल लघुबित्त बित्तीय संस्था लि का शाखा प्रबन्धक निर्मल रैकाले सहजीकारण गरेका थिए कार्यक्रमकाे सञ्चालन कर्मचारी प्रमिला थारूले गरेकी थिईन ।




