
हिक्मत बहादुर नेपाली
अछाम, फाल्गुन १३ ।
कमलबजार विमानस्थलमा हवाईजहाज नियमित उडानका लागी सम्झौता भएको छ । कमलबजार नेपालगञ्ज ४ हजार ५ सय भाडादर कायम रहने गरी तारा ऐअर र कमलबजार नगरपालिका बिच आज सम्झौता भएको छ । नेपालगञ्ज काठमाण्डौं भने यति ऐयरले यात्रुलाई लिने सम्झौतामा उल्लेख भएको छ । पहिलो उडान फाल्गुन २५ गते बाट प्रारम्भ गरिने बताईएको छ ।