
हिक्मत बहादुर नेपाली
अछाम फाल्गुन १५ ।
कमलबजार नगरपालिका वडा नं ९ मष्टाबण्डालीमा आज ५२ जना बिद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको छ । परिक्षण गरिएका अधिकांश विद्यार्थीलाई घाँटी दुख्ने र उच्च ज्वरोको समस्या देखिएको छ ।
वडा स्थित चक्रेश्वरी माध्यमिक विद्यालयका धेरै जसो बालबालिकाहरूको स्वास्थ्यमा समस्या देखिरहेको खबर विद्यालयबाट प्राप्त भएपछि वडा अध्यक्ष कमल प्रसाद बजगाईले कमलबजार नगरपालिका स्वास्थ्य शाखा लाई जानकारी गराउनु भएको थियोे ।
तत्कालै स्वास्थ शाखाबाट मष्टाबण्डाली स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट सागर सिंह सामन्त र सेरा स्वास्थ्य चौकीमा कार्यरत अहेव सिरिष खड्का लाई विद्यार्थीहरूको स्वास्थ्य अवस्था जाँच गर्न खटाइएको थियोे ।
आज स्वास्थ्यकर्मीहरूले विद्यालयमा गएर ५२ जनाको स्वास्थ्य परीक्षण गर्दा धेरै जसो विद्यार्थीहरूमा सामान्य रुघाखोकी र घाँटी दुख्ने समस्या देखिएको र केही विद्यार्थीहरु लाई उच्च ज्वरो देखिएको जानकारी स्वास्थ्यकर्मीहरू बाट प्राप्त भएको वडा अध्यक्ष बजगाईले जानकारी दिनु भयो ।
वडा अध्यक्ष बजगाईले विद्यार्थीको स्वास्थ समस्या समयमै जानकारी गराउने विद्यालयका शिक्षक र स्वास्थ्यकर्मी खटाएर स्वास्थ चेकजाँच गराउन सहजिकरण गरेकोमा स्वास्थ्य शाखा लाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
परिवर्तन भइरहेको मौसम सँगसँगै धेरै मानिसहरूमा भाइरल ज्वरो तथा घाँटीको समस्या देखिरहेको छ।
यश समस्या बाट जोगिन बाहिर निस्किँदा तथा भिडभाड भएको ठाउँमा जाँदा मास्कको प्रयोग गर्न र ज्वरो आउने घाँटी दुख्ने टाउको दुख्ने र शरीर दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था जान स्वास्थ्यकर्मीले सुझाव दिएका छन ।