नेपाली कैलाली कांग्रेसका पुराना नेता टिकादत्त जोशीको निधन भएको छ ।
कैलालीकाे गोदावरी न.पा -४ निवासी जोशीको गएराती सेती प्रादेशिक अस्पतालमा निधन भएको हो ।
उनलाई बिहीवार अचानक छातीमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियाे जाेशीलाई निमोनियाको पनि समस्या भएको थियो ।
जोशी हाल अत्तरिया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष समेत हुन ।
लामो समय देखि सामाजिक कार्यमा सक्रिय जोशी वन उपभोक्ता राष्ट्रिय महासंघका महासचिव, साना सहरी खानेपानी तथा सरसफाई राष्ट्रिय महासंघका केन्द्रिय सदस्य, अत्तरिया सामुदायिक सिकाई केन्द्रका निवर्तमान अध्यक्ष लगायत बिभिन्न संघ- सस्थामा आवद्ध थिए ।
६७ वर्षीय जोशीको असामहिक निधनले यहाँको समाजमाअतुल्नीय क्षति भएको भन्दै सामाजिक सञ्जालमा दुख समेत व्यक्त गरेका छन् ।




