हिक्मत बहादुर नेपाली
अछाम फाल्गुन १९ ।
कमलबजार नगरपालिका वडा नं ५ स्थित श्री मंगलासैनी आधारभूत विद्यालयको आठौं अभिभावक भेला आज सम्पन्न भएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भवानी प्रसाद उपाध्यायको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि वडा नं ५ का अध्यक्ष सत्यराज तिमिल्सैना रहनु भएको थियोे । कार्यक्रममा विशिष्ट अतिथि वडा सदस्य दुर्गा प्रसाद तिमिल्सैना र रतन भुल रहनु भएको थियोे ।
भेलामा विद्यालयका प्रधानाध्यापक जवा कुमारी न्यौपानेले आव ८०/८१ को दस लाख ८१ हजार ९ सय ८८ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गर्नुभएको थियोे । अभिभावक शिक्षक विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तिको सहभागीमा सम्पन्न भएको भेलाको संचालन शिक्षक मीन राज उपाध्यायले गर्नु भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय