हसुलिया, कैलाली २०८१ फागुन २०,

निर्मल राजा
नेपालको पहिलो स्माट सटिफिकेट प्राप्त पहिलो बित्तीय संस्था युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय हसुलिया कैलालीले एक कार्यक्रमको आयोजना गरि समूह सदस्यलाई ग्राहक संरक्षण कोष अन्तर्गत किरीया खर्च प्रदान गरेको छ ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कैलाली जिल्ला कैलारी गाँउपालिका वडा नं ०४ के गाउँ बस्ने गणेशी देवी चाैधरीलाई कैलारी गाउँपािलका वडा नं ४ का वडा अध्यक्ष ठागुराम चाैधरी द्वारा किरिया खर्च रकम प्रदान गरिएकाे हो ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यकारी निर्देशक तथा लघुबित्त बिज्ञ डा. गोपाल दहितका अनुसार सदस्यले ऋण लिए बाफत श्रीमानको रु १०० को एक वर्षको बिमा गर्दा मात्रै पनि कुनै घट्ना भईहाले युनिकले रु ३० हजार सम्मको किरिया खर्च सुबिधा दिने र सदस्य कालगतिका कारण निधन भएको हकमा १३५ प्रतिशत सुबिधा प्रदान गर्ने गरेको बताए । एक कार्यक्रमको आयोजना गदै युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र शाखा कार्यालय हसुलिया कैलालीले उनकै घरमा गई किरिया खर्च तथा बिमा बाफतको रकम रु ३० हजार रुपैयाकाे चेक हस्तान्तरण गरिएकाे हाे ।
उक्त कार्यक्रममा बोल्दै कैलारी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष ठागुराम चाैधरीले बिगत केही वर्ष पहिले घरमा समस्या पर्दा ऋण लिन भारतकाे चन्दन चाैकी जान पर्थाे त्यहा आफना गरगहना धिताे राख्न पर्थाे बिना कागजात त्यसरी सुन राख्दा जाेखिम हुने ,सुन फिर्ता नहुने , ८ प्रतिशत सम्ममा ब्याज तर्नुपर्ने बाध्यता थियाे पछि युनिक नेपाल लघुबित्त बित्तीय संस्था आउदा सहजरुपमा ऋण पाईएकाे , बचत पनि गर्न मिल्ने अन्य शिपमुलक तालिम पनि दिने गरेकाे बताए ।
कैलारी गाउँपालिकामा सबै भन्दा पहिले युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले हसुलियामा शाखा स्थापना गरेकाे स्मरण गर्दै अध्यक्ष चाैधरीले यस लघुबित्तमा बचत गर्दा कुनै जाेखिममा सदस्य नपर्ने यसमा यसै क्षेत्रका मानिसहरुकाे लगानी तथा सञ्चालक रहेकाे अझै बिश्वासिलाे भएकाे दाबी संगै भबिष्यमा आउने समस्या बारे कुरा राख्न समेत सहज हुने बताए ।
उनले समयमै ऋण तिरी सभ्य नागरिकको परिचय संगै भावी दिनमा आउने समस्या समाधान गर्न समयमै ऋणकाे सदुपयाेग गर्नु पर्ने समेत बताए ।
उनले परिवारका सदस्य गुमाउदाकाे पीडा अत्यन्तै दुख दायि हुने तर बिमा रकमले औंषधी उपचार तथा अन्य कार्य गर्दा लागेकाे ऋण रकम तिर्न समेत सहज हुने बताए । उनले घाँटी हेरी हाड निल्नु भने झै ऋण पनि आफनाे अवस्था ,ब्यवस्था सबै ध्यान दिई लिनु पर्ने बताए ।
उक्त कार्यक्रममा बाेल्दै शाखा प्रबन्धक निर्मल रैकाले समाजसेवी सिताराम चाैधरीको निधनमा दुख ब्यक्त गरे ।

गणेशी देवी चौधरीको श्रीमान सिताराम चौधरीकोे ५७ वर्षको उमेरमा निधन भएको थियो । उनका २ छोरी र १ छोरा रहेका छन् ।

युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि ले २०५७ साल देखी पछाडी पारिएको वर्ग थारु, दलित,मुसलिम, आदिबासी,जनजाती, सिमान्तकृत समुदाय गरिबीको रेखामुनी रहेका महिला दिदिहरुलाई लघुबित्त कार्यक्रमबाट आर्थिक रुपमा सबलीकरण गर्न तथा क्षमता अभिवृद्धी गर्न ग्रामीण क्षेत्रमा कार्य गदै आएको छ ।
हाल युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि.संग करिब ९० हजार भन्दा बढी महिलादिदी बहिनीले लघुबित्त सेवा लिदै समुहमा बसेका छन् ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि.ले कैलाली, कञ्चनपुर, बांके,बर्दिया,दाङ, कपिलवस्तु, गरी ६ वटा जिल्लामा रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय