हिक्मत बहादुर नेपाली
अछाम, फाल्गुन २२ ।
कमलबजार नगरपालिका वडा नं ५ कुईका स्थित श्री महाकाली माद्यामिक विद्यालयको चौधौं अभिभावक भेला आज सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मञ्जित भूलको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि अछाम निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पुष्ष बहादुर शाह रहनु भएको थियोे ।
प्रमुख अतिथिको आशन बाट बोल्दै शाहले शैक्षिक स्तर सुधारका लागि बिद्यार्थी अभिभावक र शिक्षक त्रिपक्षीय समन्वयको सुधार गर्न आवश्यक रहेको बताउनुभयो । यस्तै विद्यालयको अपुग भौतिक पुर्वाधार निर्माणका लागि स्थानीय, प्रदेश र केन्द्रीय सरकारको समन्वय भएर आवश्यकता आधारमा योजना निर्माण हुनुपर्ने बताउनुभयो । आफू निर्वाचन भए पश्चात् संघिय माननियले आफ्नो क्षेत्रमा विनियोजन गर्न पाउने बजेट सरकारलेनै रोकेकाले जनताका आधारभुततहका आवश्यकताहरु पूरा गर्न नसकेको दुखेसो पोख्नु भयो । र आगामी दिनमा आफ्नो तर्फ बाट सकिने सहयोग पुर्ण रुपमा रहने बताउनुभयो । भेलाको बिशिस्ट अतिथि संविधान सभा सदस्य शरद सिंह भण्डारी , कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा कुमारी बिष्ट , नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राम प्रसाद तिमिल्सैना राप्ती, नेकपा एमाले प्रदेश कमिटी सल्लाहकार सदस्य कटक बहादुर साँउद रहनु भएको थियो । यस्तै अतिथिमा कमलबजार नगरपालिका वडा नं ५ का अध्यक्ष सत्यराज तिमिल्सैना, निवर्तमान वडा अध्यक्ष नन्द सिंह चलाउने, ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक, हर्ष बहादुर चन्द, कमलबजार मिडिया प्रालिका अध्यक्ष हिक्मत बहादुर नेपाली लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि अतिथि रहनु भएको थियोे । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले विद्यालयको भौतिक संरचना स्तर उन्नतिका साथै शैक्षिक गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिनुभएको थियोे ।
भेलामा शैक्षिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक मोहन बहादुर खत्रीले प्रस्तुत गर्नुभएको थियो । यस्तै विद्यालयको आव ८०/८१ को १ करोड ६ लाख ८० हजार ३ रुपैयाँ ४४ पैसा बराबरको आयव्यय लेखापाल रमेश बहादुर बिष्टले प्रस्तुत गर्नुभएको थियोे । विद्यालयका शिक्षक बम बहादुर खत्रीको स्वागत मन्तव्य बाट सुरु भएको भेलाको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक तपेन्द्र प्रसाद बजगाईले गर्नुभएको गर्नुभएको थियोे ।
भेलामा शिक्षक विद्यार्थी र अभिभावकको विशेष उपस्थिति रहेको थियोे । भेलाको विस्तृत भिडियो कमलबजार मिडिया केबिएम टिभी अनलाइन तथा कमलबजार दैनिक र केबिएम खबरमा अपलोड गर्ने छौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय