
हिक्मत बहादुर नेपाली
अछाम फाल्गुन २६ ।
कमलबजार नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतमा लोक बहादुर शाही हाजिर हनु भएको छ । पालिकामा एक कार्यक्रमका बिच अधिकृत शाहीलाई स्वागत गरिएको छ । आज विहान कार्यलयमा हाजिर भए पश्चात अधिकृत शाही लाई कार्यालयमा कमलबजार नगरपालिका वडा नं ९ का अध्यक्ष कमल प्रसाद बजगाई टिका र खादा लगायर स्वागत गर्नु भएको थियो ।
स्वागत कार्यक्रमका छोटो मन्तव्य राख्दै वडा अध्यक्ष बजगाईले आजदेखी कार्यलयमा हाजिर हुनु भएका अधिकृत शाहीलाई पालिकामा सुशासन कायम राख्दै कर्मचारी व्यवस्थापन गरेर अगाडी बढ्न सुझाव दिनु भयो । पालिकामा जनप्रतिनिधी बाट पनी कमिकमजोरी भएको र आगामी दिनमा सुधार गरेर लैजानुका साथै जनप्रतिनिधी बाट पुर्णरुपमा साथ रहने बताउनु भयो ।
त्यस्तै पालिकामा कार्यरत कर्मचारीको तर्फ बाट प्रशासन तथा योजना शाखा प्रमुख खड्ग बहादुर बिष्टले स्वागत मन्तव्य राख्नु भएको थियो । यस अघि करार कर्मचारी व्यवस्थापनमा निकै समस्या व्यहोरेकोले त्यस बाट पाठ सिक्दै जनप्रतिनिधी र कर्मचारीका आफ्ना काम कर्तव्य आआफैले पालना गर्नुपर्ने बताउनु भयो । नयाँ जिम्मेवारी सम्हालेर आउनु भएका प्रमुख प्रशासकिय अधिकृतमा लोक बहादुर शाही स्वागत गदैं सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो । यस्तै कार्यलयमा कार्यरत सम्पुर्ण कर्मचारीले आज कार्यलयमा हाजिर हुनु भएका प्रमुख प्रशासकिय अधिकृत शाहीलाई टिका र खादा लगाउदैं स्वागत गर्नु भएको थियो ।
कार्यक्रमको समापनमा आज कार्यलयमा हाजिर हुनु भएका प्रमुख प्रशासकिय अधिकृतमा शाहीले आफु सवै कुरामा बिज्ञ नरहेको र सबै संग सहकार्य र समन्वय गरेर अगाडी बढ्ने बताउनु भयो । आफु राज्यका ऐन कानुननमा टेकेर काम गर्ने भएकाले सबैको साथ पाउने अपेक्षा राखेको बताउने बताउनु भयो । कार्यालय सञ्चालन टिम वर्क भएकाले जनप्रतिनिधी र कर्मचारी संग मिलेर कार्य सम्पादन गर्ने र सबै कर्मचारीले नागरिक लाई सहज सेवा दिन तल्लीन हुनुपर्ने बताउनु भयो ।
यस अघि आर्थीक तथा प्रशासनिक जिम्मेवारी सहित प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हालेका चक्र बहादुर बिष्टले सो जिम्मेवारीमा रहि कामकाज गर्न नसकिने जानकारी गराए पश्चात संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत पौष १६ गते शाहीलाई प्रमुख प्रशासकिय अधिकृत तोकेर पठाएको थियो । पौष १६ गते पत्र पठाए पनि शाही आज कार्यलयमा हाजिर हुनु भएको हो ।
आजको स्वागत कार्यक्रमको सञ्चालन प्रशासन शाखाका कार्यरत पुर्ण प्रसाद बजगाईले गर्नु भएको थियो ।