
अछाम फाल्गुन २७ ।
हिन्दु धर्मावलम्बी नेपालीहरुको महान पर्व होलीको अवसरमा नेपाल निजामती कर्मचारी सङ्गठन अछामले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । हाेली पर्वलाई उल्लासपूर्ण बनाउन संगठनले परिचयात्मक तथा चियापान सहित शुभकामना आदानप्रदान गरेकाे हाे ।
संगठनका जिल्ला अध्यक्ष जगत बहादुर रावलकाे अध्यक्षतामा भएको कार्यक्रममा पूर्व प्रतिनिधिसभा सदस्य यज्ञ बाेगटी प्रमुख अतिथि रहनुभएकाे थियो ।
कार्यक्रममा सहभागी प्रमुख अतिथि लगायत वक्ताहरूले वर्तमान परिपेक्ष्यमा तिनै तहका सरकारले कर्मचारीका समसामयिक मुद्दा बारे खेल्नुपर्ने भूमिकाका विषयमा धारणा राख्नु भयो ।
साथै सो सहभागीहरुले एक आपसमा शुभकामना आदानप्रदान समेत गरेका थिए ।source mangalkhabar