
भारत , फाल्गुन २८ (12 March 2025)। अछाम घर र प्रेम बहादुर नाम बताउने एक व्यक्ती भारतको बुम्बैईमा मृत फेला परेका छन । भारतको बुम्बैईको मुलुन्ड ईस्ट ९० फिट रोडमा बस्दै आएका अन्दाजी ४५÷५० बर्ष उमेरका उनले आत्महत्या गरेको अवस्था फेला परेका बताईएको छ । हाल सम्म आफन्त नभएकाले लास उठ्न सकेको छैन । त्यहा आसपास बस्ने बाजुरा घर भएका नेपालीका अनुसार पुलिसले शव लिएर लास घटकोर राजा बाडिमा राखियको छ । लाबारिस अवस्थामा रहेकोले हालसम्म उनको घरको काेहिपनि सम्पर्कमा नआएको हुदा निजका आफन्त सम्पर्कमा आईदिन अनुरोध गरिएको छ ।