अछाम चैत ३ ।धञबञ

अछामको पञ्चदेवल बिनायक र कमलबजार नगरपालिका अन्तर्गतका वडामा रहेका जाेखिम तथा विपन्न परिवारलाई कृषक को २०% लगानी र संस्था को ८०% सहयोग मा बाख्रा सहयोग गरिएको छ ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपाल सहयोग वाक नेपालकाे साझेदारी एकीकृत उत्थानशिल जिबिका पार्जन तथा पाेषण परियाेजना को ८०% लगानी र कृषक हरुको २०% लगानी को संयुक्त साझेदारीमा व्यावसायमा निर्वाहमुखी जिविकाेपार्जन कार्यक्रम अन्तर्गत आईतबार स्थानीय खरि जातका बाख्रा सहयोग गरिएको हो ।
पञ्चदेवल बिनायक र कमलबजार नगरपालिका रहेका गरिब तथा विपन्न परिवारलाई व्यवसायमा उत्प्रेरित गर्ने गरी वर्ल्ड भिजन इन्टरनेशनल नेपाल को सहयोग र वाक नेपालको संयुक्त साझेदारीमा सञ्चालित एकिकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजना अन्तरगत बाख्रा सहयोग गरेको हो ।

दयनीय अवस्था भएर जिविकोर्पाजन गर्न सकस भएका एकल महिला अर्थात (अति संकटा अवस्था मा परिवार)र यहाँका घरपरिवारलाई बाख्रा पालनामा व्यवसाय मार्फत सहज हुने गरि पञ्चदेवल विनायक नगरपालिका अन्तर्गतका वडा न १ बाट २ वडा नं २ बाट २ जना वडा नं ३ बाट १ जना, वडा नं ४ बाट २जना , वडा नं ६ र ७ बाट १ /१ जना गरि ९ जना छनाेट गरिएका र कमल बजार नगरपालिका वडा न २ बाट १जना, वडा नं ३ बाट २जना, वडा नं ५ बाट २जना गरि जम्मा ५ जना दुबै पालिकाका १४ जनालाई ३ देखि ४ वटा बाख्रा सहयोग गरेको परियोजना फिल्ड परिचालक दिनेश बि .क जनाएकाे छन।बाख्रा वितरण कार्यक्रमा पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष कृपा बहादुर धामी पञ्चदेवल विनायक नगरपालिका पशुसेवा प्राविधिक दिपशिखा शर्मा तथा वाक नेपाल एकिकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजनाका (East)प्रोग्राम अफिसर आरती कुँवर तथा (West) प्रोग्राम अफिसर यज्ञराज खनाल र फिल्ड परिचालक दिनेश बि.क , खेमराज बडुवाल,धुर्वा बडुवाल , डम्बर रावल र पुरन बहादुर चलाउने र बिमा अधिबक्ता पवित्रा ढकालको समेत सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय