
अछाम चैत्र ०४ ।
अछाममा चट्याङ लागेर एकै घरका दुई दिदीबहिनी घाइते भएका छन्।
जिल्लाको मेल्लेखगाउँपालिका–६ षोडशा माडीगडा बस्ने रतिराम बोहराको घरमा आइतवार बेलुकी चट्याङ पर्दा बोहराकी १९ वर्षीया छोरी मेनुका बोहरा र ११ वर्षीया निर्मला बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताएका छन्। घाइते दुबै जना दिदीबहिनीको बयलपाटा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
यस्तै जिल्लाको मेल्लेख गा.पा वडा नं. २ मा डाँडाश्री बस्ने परेक बुढाले सोहि वडाको सुगन जंगलमा बाख्रा चराउने क्रममा एक्कासी चट्याङ पर्न जाँदा निजका ३० वटा बाख्रा मध्ये ५ वटा बाख्राको घट्नास्थलमा मृत्यु भएको बताइएको छ । अन्य २५ वटा बाख्रा सकुशल रहेका र मानविय क्षती केही नभएको र अन्य थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ ।