हिक्मत बहादुर नेपाली
अछाम चैत्र ५ । निर्माण कार्य थालनी भएको २ बर्ष भैसक्दा पनी अछामको ढकारी गाउँपालिकालाई सदरमुकाम संग जोड्ने वर्षाली खोलाको पुलको एकतर्फको पिल्लर मात्र बनेको छ । हाल निर्माण कार्य अलपत्र परेको छ ।
दुई वर्ष अगाडि काम सुरु गरेर एकतर्फको पिल्लर हालेको र त्यसपछि निर्माणस्थलमा कामदार नदेखिएको ढकारी गाउँपालिका वडा नं १ कि मञ्जु बुढाक्षेत्रीले बताउनु भयो ।

गाउँपालिकाको केन्द्र ढकारीसम्म नियमित बस चले पनि वर्षाको समयमा खोलामा पानीको बहाव बढ्ने भएकाले यातायात अवरुद्ध हुने गरेको छ ।
पुलको काम अघि नबढेपछि पूर्वाधार विकास कार्यालयलाई सोधिरहेको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश साउदले बताउनु भयो । अहिलेसम्म किन बनेन भनेर जनताले स्थानीय तहलाई आक्रोश पोख्छन् तर स्थानीय तहले पुल बनाउनका लागि योजना अगाडि सार्न नसक्ने उहाँको भनाई छ ।
पूर्वाधार विकास कार्यालय साँफेबगरलाई एक साताअघि पुलको काम किन नगरेको भनेर जवाफ माग्दा संघीय सरकारबाट बजेट नआएकाले काम रोकिएको जवाफ आएको अध्यक्ष साउदले बताउनु भयो ।
२०७९÷८० मा ४ करोड लागतमा ठेक्का लागेको र गत कात्तिकमा सम्झौता मिति पनि सकिएको पूर्वाधार विकास कार्यालय साँफेबगरका प्रमुख जंगबहादुर थापाले बताउनु भयो । उहाँका अनुसार योभन्दा अगाडि एक करोड बराबरको काम भएको र त्यसको भुक्तानी पनि भइसकेको छ । संघ सरकारको संघीय ससर्त अनुदान मार्फतको आयोजना भएकाले आयोजना सम्पन्न गर्नका लागि आवश्यक बजेट माग गरिएको तर अहिलेसम्म बजेट आउने सुनिश्चत नभइसकेको उहाँले बताउनु भयो ।
पुल बन्नका लागी आवश्यक बजेट तीन करोड भएपनी चालु आवमा वर्षाली खोलामा बन्ने पुलका लागि ४० लाख बजेट मात्रै आएको छ । निर्माण व्यवसायीलाई काम किन नगरेको भनेर जवाफ माग्दा असार मसान्तमा पुलको सबै काम सम्पन्न गर्ने प्रतिबद्धता गरेको छ । ठेकेदार कम्पनी नन्देगडा एसएमपी जेभीले असार मसान्तसम्म ३ करोड भुक्तानी गर्न सक्ने सुनिश्चतता कार्यालयले दिए काम गर्न तयार रहेको बताएको थापाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय