हिक्मत बहादुर नेपाली
अछाम चैत १६ ।
दलित अधिकारका लागि एकिकृत आन्दोलन नेपाल को क्षेत्रिय समिति मिलन नेपालीको संयोजकत्वमा गठन भएको छ । नव गठित समितीमा उपाध्यक्ष इन्द्रबहादुर बिक, महासचिवमा दिनेश नेपाली र सचिवमा: प्रकाश नेपाली चयन हुनुभएको छ ।
आज अछामको कमलबजारमा सम्पन्न भएको भेलामा दलित अधिकारका लागि एकिकृत आन्दोलन नेपालका संयोजक गम्भीर सिंह भूलको विशेष उपस्थितिमा समिति गठन गरिएको हो । दलितका हक अधिकारका विषयमा समितिले पैरवी गर्नेछ र जातीय छुवाछूत अन्त गर्न र दलित समुदायको शसक्तिकरणमा समितिले सक्रिय भएर काम गर्ने बताईएको छ । आजको भेलामा अछाम स्थित दलित समुदाय बाट निर्वाचित जनप्रतिनिधि, दलित अगुवा तथा विभिन्न क्षेत्रमा आवद्व दलित समुदायको सहभागीता रहेको थियो ।
ADVERTISEMENT




