हिक्मत बहादुर नेपाली
अछाम चैत २४ ।
कमलबजार युथ नेटवर्क कमलबजारले एम्बुलेन्स चालक मदन बिष्ट सम्मानित गरेको छ । विगत लामो समयदेखि नागरिकको सेवामा तल्लिन सहयोगी र मिलनसार स्वभावका बिष्टले समाजमा विशिष्ट योगदान पुर्याएकोले सम्मानित गरिएको हो । नेटवर्कका संयोजक आरपी समदर्शीले आज एक कार्यक्रमका विच कदर पत्र हस्तान्तरण गर्दै खादा र टीका लगायर सम्मान गर्नु भयो ।
सार्थै आजै नयाँ बर्षको पुर्व सन्धामा कमलबजारमा अवस्थित नन्दिकेश्वर शिव मन्दिर परिसरमा नेपाली झन्डा राख्ने कार्यक्रम अन्तर्गत झन्डा संकलन अभियान सञ्चालन गरिएको र केहि दिनमै व्यवस्थित रुपमा झण्डा राखिने स्थानीय युवा बालाराम ढकालले जानकारी दिनु भयो । कमलबजारमा आकर्षकता झल्काउने र पर्यटन पर्वद्वन गर्ने उदेश्यले झण्डा राख्न लागिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय