२०८२ बैसाख ११,

नेपालको पहिलो स्माट सटिफिकेट प्राप्त पहिलो बित्तीय संस्था युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय राजापुर बर्दियाले एक कार्यक्रमको आयोजना गरि समूह सदस्यलाई ग्राहक संरक्षण कोष अन्तर्गत किरीया खर्च प्रदान गरेको छ ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नं ०५ बदालपुर गाँउ बस्ने शिला थारुलाई किरिया खर्च प्रदान गरेको हो ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यकारी निर्देशक तथा लघुबित्त बिज्ञ डा. गोपाल दहितका अनुसार सदस्यले ऋण लिए बाफत श्रीमानको रु १०० को एक वर्षको बिमा गर्दा मात्रै पनि कुनै घट्ना भईहाले युनिकले रु ३० हजार सम्मको किरिया खर्च सुबिधा दिने र सदस्य कालगतिका कारण निधन भएको हकमा १३५ प्रतिशत सुबिधा प्रदान गर्ने गरेको बताए ।

एक कार्यक्रमको आयोजना गदै युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र शाखा कार्यालय राजापुर बर्दियाले उनकै घरमा गई किरिया खर्च तथा बिमा बाफतको रकम रु ३० हजार ७६ रुपैयाको चेक प्रदान गरेको हो ।

उक्त कार्यक्रममा बोल्दै युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय राजापुर बर्दियाका शाखा प्रबन्धक निर्मल रैकाले समाजसेवी भिम बहादुर थारुको निधनमा दुख ब्यक्त गरे । शिला थारुको श्रीमान भिम बहादुर थारुकोे ३६ वर्षको उमेरमा निधन भएको थियो । उनका २ छोरीहरु छन् ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि ले २०५७ साल देखी पछाडी पारिएको वर्ग थारु, दलित,मुसलिम, आदिबासी,जनजाती, सिमान्तकृत समुदाय गरिबीको रेखामुनी रहेका महिला दिदिहरुलाई लघुबित्त कार्यक्रमबाट आर्थिक रुपमा सबलीकरण गर्न तथा क्षमता अभिवृद्धी गर्न ग्रामीण क्षेत्रमा कार्य गदै आएको छ । हाल युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि.संग करिब ९० हजार भन्दा बढी महिलादिदी बहिनीले लघुबित्त सेवा लिदै समुहमा बसेका छन् । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि.ले कैलाली, कञ्चनपुर, बांके,बर्दिया,दाङ, कपिलवस्तु, गरी ६ वटा जिल्लामा ४१ वटा शाखा मार्फत सेवा गदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय