अछाम बैशाख १३ । नेकपा एमाले अछामका नेता सत्यराज तिमिल्सैनाले उपसचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन । वैशाख १३ देखि १५ गतेसम्म हुने ९ औँ जिल्ला अधिवेशनमा उनले उप–सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।

नेकपा एमालेकाे बिद्यार्थी स‌गठन बाट राजनिती सुरु गरेका तिमिल्सैनाले  २०५३ सालमा नेकपा एमालेकाे कुइका गाउकमिटीकाे उपसचिवमा काम गर्दै निरन्तर कम्युनिष्ट आन्दोलनमा सक्रिय सहभागि हुँदै २०६३ पछि ने क पा एमालेमा निरन्तर सक्रिय हुनु हुन्छ । तिमिल्सैना लामो समय नेकपा एमाले जिल्ला कमिटी अछामको सदस्य समेत रहिसकेका छन । २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा सदस्य मा निर्वाचित तिमिल्सैना २०७९ मा लोक प्रिय मतका साथ अध्यक्षमा निर्वाचित भएका थिए । समाजसेवामा बढी रुचि राख्ने तिमिल्सैनाले आफ्नो वडामा रहेका विपन्न परिवारका लागि आफूले ब्याक्तीगत रूपमा सहयोग समेत गर्दै आएका छन ।

जनता र कार्यकर्ताको समस्यामा निरन्तर सक्रिय रहँदै आएका तिमिल्सैनाले नेकपा एमालेको तर्फबाट कमलबजार नगरपालिका वडा नम्बर ५ कुईकाको वडा अध्यक्षमा लोकप्रिय मत सहित निर्वाचित भएका थिए । तिमिल्सैनाले निरन्तर रूपमा जनताको अपेक्षा अनुसार काम गरिरहनुभएको छ ।

युवा माझ लोकप्रिय र सबैलाई समेटेर लैजान सक्ने क्षमता भएका तिमिल्सैना उप–सचिव पदका बलिया दाबेदार हुन ।

पाटीको ९ औँ जिल्ला अधिवेशनमा आफूले उपसचिव पदमा उम्मेदवारी दिने बताउँदै तिमिल्सैनाले उक्त पदमा निर्वाचित गराउन सहयोग गरिदिन सम्पूर्ण प्रतिनिधिहरूलाई अपिल समेत गर्नुभएको छ । उप सचिवका लागी एमालेका अर्का युवा नेता सिद्ध प्रसाद ढुङ्गाना र निरक शाहीले समेत आफ्नो उम्मेद्धारी घोषणा गरिसकेका छन भने अन्य नेताहरूको पनि उपसचिवमा आकांक्षा रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय