अछाम बैशाख १३ ।
नेकपा एमाले अछामको जारी अधिवेशनमा दलित तर्फ जिल्ला कमिटी सदस्य पदमा राजेन्द्र नेपालीले उम्मेदवारी घोषणा गरेका छन । कमलबजार नगरपालिका वडा नं ५ कुईकाका हक्की स्वभावका नेपाली २०४८ सालमा नेकपा एमालेको राजनीतिमा प्रवेश गरेका हुन ।उनी २०५५ मा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला कमिटी सदस्य भएका थिए । उनी संग २०६१ देखि निरन्तर १० बर्ष कमलबजार नगरपालिका वडा नं ५ ( साविक कुईका गाउँ कमिटी सचिव भएर काम गरेको अनुभव छ ।साथै नगर कमिटी सदस्य, जिल्ला सल्लाहकार समिति सदस्य हुदै हाल वडा कमिटी अध्यक्ष समेत रहेका छन । उनी जिल्ला कमिटी सदस्य दलित तर्फका वलिया प्रतिस्पर्धीका रुपमा छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय