हिक्मत बहादुर नेपाली
अछाम बैशाख १४ ।
संस्थागत तथा व्यक्तिगत व्यवहार क्षमता विकास सम्बन्धीको तालिम आज देखी कमलबजारमा सुरु भएको छ । स्थानीय सरकारका कर्मचारी तथा जनप्रतिनिधीहरुलाई ५ दिने छोटो अवधिको तालिम अन्र्तगत प्रारम्भीक रुपमा कमलबजार नगरपालिकामा कार्यरत कर्मचारीका लागी तालिम सुरु भएको हो । कमलबजार नगरपालिकाको आर्थिक सहयोग तथा सामाजिक प्राविधिक अध्ययन अनुसन्धान केन्द्रको तालिम सुरु भएको तालिममा कमलबजार नगरपालिकाका विभिन्न तहमा कार्यरत कर्मचारीको सहभागीता रहेको छ । तालिममा ध्वज बहादुर उखेडाले प्रशिक्षण गराईरहनु भएको छ ।
आज विहान कमलबजार नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर शाहीको अध्यक्षतामा भएको तालिमको उद्धाटन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले कर्मचारीमा संस्थागत तथा व्यक्तिगत व्यवहार परिवर्तन हुनका साथै कर्मचारीको क्षमता विकासमा महत्वपुर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । तालिम पश्चात सेवाग्राही मैत्री सेवा दिन कर्मचारी तल्लिन हुनुपर्ने बताउनु भयो । उद्धाटन सत्रको समापनमा कार्यक्रमको अध्यक्ष कमलबजार नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर शाहीले कर्मचारीलाई तालिमका कर्मचारी लाई सक्रिय भएर सहभागीता जनाउन र आफुमा परिवर्तन ल्याउन निर्देशन दिनु भयो । उद्घाटन सत्र कार्यक्रमको सञ्चालन योजना तथा प्रशासन शाखा प्रमुख खड्ग बहादुर बिष्टले गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय