हिक्मत बहादुर नेपाली
अछाम वैशाख १६ ।
नेकपा एमाले अछामको नवौं अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न आज साँझ सम्पन्न भएको छ । नौं अधिवेशनमा अध्यक्ष मण्डलले अध्यक्षमा शिवप्रसाद उपाध्यायको नाम घोषणा गरेको छ । यस्तै कमिटीको उपाध्यक्ष तिलक कुँवर, सचिव हिरण्ड भट्टराई, उपसचिव टोपबहादुर शाही र गौमती शाहीको नाम घोषणा गरिएको छ । भुगोल र खुल्ला सदस्य सहमतिका आधारमा हिजै चयन भईसकेका छन् । निर्वचान कमिटीले निर्वाचित पदाधिकारीको नाम अनुमोदन गरे पश्चात् आज साँझ मंगलसेन स्थित पार्टी कार्यालयको सभा हलमा चयन भएका पदाधिकारीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नौ जिल्ला अधिवेशनको वैशाख १३ गते पार्टीका केन्द्रिय सचिव एवंम् सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्टले उद्घाटन गर्नुभएको थियो ।
ADVERTISEMENT