कमलबजार, बैशाख २७ ।
पालिका स्तरीय बाल भेला आज कमलबजारमा सम्पन्न भएको छ । कमलबजार नगरपालिका, आस्था नेपाल वल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग साझेदारी तथा सहजीकरणमा नगर बाल सञ्जालको आयोजनामा पालिका स्तरीय बाल भेला सम्पन्न भएको हो । उक्त कार्यक्रम नगर बाल सञ्जालका उपाध्यक्ष दिनेश उपाध्यायको अध्यक्षतामा शुरू भएको कार्यक्रममा कार्यबाहक नगर प्रमुख शारदा कुँवर विष्ट प्रमुख अथिति रहनु भएको कार्यक्रममा अथिति नी प्रमुख प्रशासकीय अधिकृत खडग बहादुर विष्ट ,आस्था नेपाल जिल्ला कार्यसमिति कोषाध्यक्ष लक्षमण विष्ट महिला बाल बालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख डम्बरा साउँद मनोसामाजिक सयोजक कल्पना देवकोटा पत्रकार हिक्मत नेपाली जिल्ला बाल सञ्जाल अध्यक्ष मनिषा साउद लगायत सबै वडाका बाल बालिका हरुको प्रतिनिधित्व रहेको थियो ।
बालबालिकाको समग्र विकासका लागि बाल बालिकाको वार्षिक उत्सवको रुपमा पालिका स्तरमा बाल बालिकाको प्रमुख समस्या पहिचान गरी योजना निर्माण गरी स्थानीय सरकारलाई आगामी वर्षको नीति तथा कार्यक्रममा उक्त योजना समाबेश गराउने उद्देश्यका साथ पालिका स्तरमा बाल भेला सञ्चालन गरिएको थियो ।
बाल भेलाको महत्व ,बालबालिकामा लगानी किन गर्ने, बाल संरक्षण तथा बाल अधिकारको बारेमा जनकारी गराइएको थियो । बजेट निर्माणका सात वटा मुख्य चरणहरुको बारेमा सहजीकरण गरिएको थियो भने बाल भेलाको मुख्य चार वटा टुल्स प्रयोग गरिएको थियो । जसमा बाल बालिका लाई विभिन्न चार वटा समूह बनाई हिंसा शोषण दुव्यबहारका हिसाबले सुरक्षित स्थान र असुरक्षीत स्थानको चित्र द्वारा पहिचान गर्न लगाइएको थियो । मन पर्ने स्थान र मन नपर्ने स्थान को बारेमा चित्रण गरिएको थियो भने बाल बालिकालाई विभिन्न सरोकारवाला निकाय अभिभाबक स्थानीय सरकारले बाल बालिका लाई पहिले गरिने व्यवहार सोचाइ हेराइ जिम्मेवारी बाल बालिकाका समस्या, अवसर पहुंच पहिले कस्तो थियो अहिले कस्तो भइरहेको भन्ने बारे शरीर नक्साङ्कन गरी उनीहरुलाई स्मरण गराइएको थियो भने समग्र बाल बालिकालाई आगामी दस वर्षमा कमलबजार नगरपालिका गुणस्तरीय शिक्षाका हिसाबले होस स्वास्थ्य सरसफाई यातायात बिजुली पानी बाल मैत्री संरचना निर्माण मानवीय विकास बाल मैत्री व्यबहारका हिसाबले कस्तो भएको देख्न चाहान्छन् भन्ने हिसाबले परिकल्पना को कमलबजार नगरपालिका चित्रण गरेका थिए ।
अन्तमा यो पालिकामा बाल बालिकाका प्रमुख सवालहरु पहिचान गरिएको थियो भने जस् मध्य बाल बालिकाहरूले उक्त सवाल हरुलाई भोटिङको आधारमा प्राथमिकीकरण गर्दा लागूपदार्थ दुव्र्यसनी क्रमसः बाल विवाह र मोबाइलको दुरुपयोग मुख्य अहिलेको सवालको रुपमा रहेको छन् ।
बाल बालिकाका प्रमुख सवालहरु लाई न्यूनीकरण गरी समग्र बाल विकास बाल सम्बृद्धिमा सहयोग पुर्याउनका लागि बाल बालिकाले विभिन्न बाल बालिका अभिभाबक र सरोकारवाला संग बाल विवाह अन्त्य गर्ने, लागू पदार्थ दुव्र्यसनी घटाउने, अनलाइन सुरक्षा लगायतका सवाल न्यूनीकरण गर्न अन्तक्र्रिया तहा क्षमता विकासका कार्यक्रम गर्ने, बाल सञ्जाल लाई क्षमता विकास गर्ने ,अभिभाबक शिक्षा ,रुपान्तरण कक्षा, प्रहरी संग साझेदारी कार्यक्रम गर्ने विभिन्न जनचेतना मूलका कार्यक्रम पालिका सबै वडा र आवश्यकता को आधारमा उच्चतम विद्यालयमा सञ्चालन गर्ने योजना सहित रु.१९४५००० अक्षेरूपी उन्नाइस लाख पैँतालीस हजार लागत अनुमान बराबरको बजेट सहित को कार्यक्रम सहित बाल बालिकाले योजना तयार पारेका छन् ।
साथै नगर बाल सञ्जाल अध्यक्ष डीग्रा बजगाईं उपाध्यक्ष दिनेश उपाध्यय सचिव ललिता विष्ट सहित १९ जनाको नगर बाल सञ्जाल पुनर गठन गरिएको छ भने बाकी दुई जना सदस्य बाल सञ्जाल ले पहिलो बैठक बाट मनोनित गरी २१ जनाको कमिटी रहने छ । उक्त बैठक बाट बाल भेला बाट बनेको योजना लाई स्थानीय सरकालाई आगामी नीति तथा कार्यक्रममा समावेश गर्न माग पत्र पेश गर्ने कार्यक्रम रहेको छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर विष्ट को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतले बाल बालिका लाई केन्द्र मा राखेर आउने दिनमा बाल बालिकाको समग्र विकासको लागि योजना बन्न पर्ने लगायत सबै सरोकार वालाले बाल बालिकालाई साथ सहयोग गरेर उनीहरूको भबिष्य निर्धारणमा अहिले नै सोच्न पर्ने कुरा जोड दिनु भयेको कार्यक्रममा कार्यबाहक नगर प्रमुख शारदा कुँवर विष्ट ले वर्तमानका साझेदार संगै भविष्यका कर्णधार बाल बालिका भएकोले आगामी नीति तथा कार्यक्रममा बाल बालिका कार्यक्रम लाई बिशेष प्राथमिकतामा राखेर कार्यक्रम बनाउने प्रतिवद्धता जनाउनु भएको थियो । मनोसामाजिक सयोजक कल्पना देवकोटाले बाल बालिकाको समग्र विकास लाई आत्म साथ गर्न आफू जहिले नी बाल बालिकाका आवाज लाई सम्बन्धित ठाउँमा पुगाउन साथ सहयोग गर्न आफू कहिले पछाडि नहटने प्रतिवद्धता जनाउनु भएको थियो । यसरी हिजो २६ गते देखि सञ्चालमा रहेको बाल भेला आज सम्पन्न गरिएको छ जसको सहजीकरण आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाही र सामाजिक परिचालक हेम बहादुर चन्द ले गर्नु भएको कार्यक्रमको सञ्चालन आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाहीले गर्नु भएको थियो ।