हिक्मत बहादुर नेपाली
अछाम बैशाख ३१ ।
नेकपा एमाले कमलबजार नगरकमिटीको अध्यक्षमा कम्मान सिंह चलाउने निर्विरोध निर्वाचित भएका छन् । नेकपा एमाले कमलबजार नगरकमिटीको दोस्रो अधिवेशनबाट चलाउने निर्विरोध निर्वाचित भएका हुन । लामो समय शिक्षक संगठनमा काम गरेका चलाउने हक्की , निडर र एक्सन ओरेण्टेड लिडरको रुपमा परिचित छन् ।
यस्तै अधिवेशनबाट चिन बहादुर शाही उपाध्यक्ष , योगेश ढकाल सचीव र इन्द्र बिक र मोतिसरा भण्डारी उप-सचिवमा निर्विरोध चयन भएका छन् ।अधिवेशनले ४५ सदस्यीय नगर कमिटी चयन गरेको छ । हिजो नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञ बोगटीले उद्घाटन गरेको अधिवेशन आज बन्द सत्र बाट नयाँ नेतृत्व चयन गर्दै आज सम्पन्न भएको हो ।