हिक्मत बहादुर नेपाली
कमलबजार , जेठ ५ ।
नेकपा एमाले कमलबजार नगर समितीको पहिलो बैठक विभिन्न निर्णय गदैं आज कमलबजारमा सम्पन्न भएको छ । बैठकको अध्यक्षता नगर समितिका अध्यक्ष कम्मान सिंह चलाउनेले गर्नु भयो । बैठकको प्रमुख अतिथी नेकपा एमालेका केन्द्रीय सदस्य तथा अछाम क्षेत्र नं २ ईन्चार्ज यज्ञ बोगटी रहनु भएको थियो । विशिष्ट अतिथीमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य शारदा बिष्ट कुँवर ,नेकपा एमाले अछाम जिल्ला कमिटी सचिव हिरेण्य भट्टराई रहनु भएको थियो ।
आजको बैठकले दोश्रो नगर अधिवेशन सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ । बैठकमा पालिकाका दश वटै वडाको रिपोटिंग गरिएको थियो । साथै वडा कमिटिलाई सक्रिय बनाउन तत्काल बैठक बसाउने तथा सदस्यता वितरण तथा नविकरण लाई व्यवस्थीत बनाउने लगायतका निर्णय गरेको नगर सचिव योगेश ढकालले बताउनु भयो । आजको बैठकको सञ्चालन नगर सचिव योगेश ढकालले गर्नु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय