अछाम, जेठ ५ ।
अछाम बाट जटिल स्वास्थ्य अवस्था भएकी एक सुत्केरी र एक शिशुको हेलिकोप्टरमार्फत आज उद्धार गरिएको छ। जिल्लाको रामारोशन गाउँपालिकावडा नं. १ निवासी २१ वर्षीया विपना साउद र उनको शिशुलाई जिल्ला अस्पतालबाट प्रादेशिक अस्पताल सुर्खेतमा रेफर गरिएको हो।
जिल्ला अस्पतालमा आजै सुत्केरी भएकी साउदको नवजात शिशुलाई श्वासप्रश्वासमा समस्या देखिएको र यहाँ उपचार सम्भव नभएपछि गोरख बक्स गणबाट सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी आनन्द सारुले बताउनु भयो ।
source dineshkhabar.com
ADVERTISEMENT




