हिक्मत बहादुर नेपाली
अछाम जेठ ६ ।
गुणस्तर शिक्षा निर्माण तथा शैक्षिक व्यवहार विषयक प्रधानाध्यापकहरुको अन्तरक्रियात्मक १ दिने गोष्ठी आज अछामको कमलबजारमा सम्पन्न भएको छ ।
कमलबजार नगरपालिका भित्रका सम्पुर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापको सहभागीता रहेको गोष्ठी शैक्षिक गुणस्तर वृद्धिका लागी बृहत अन्र्तक्रिया गरिएको हो । गोष्ठीको सहजिकरण सामाजिक प्राविधिक अध्ययन अनुसन्धान केन्द्रका प्रशिक्षक ध्वज बहादुर उखेडाले गर्नु भएको थियो ।
कमलबजार नगरपालिकाको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता कमलबजार नगरपालिकाका कावा नगर प्रमुख शारदा बिष्ट कुँवरले गर्नु भयो । उहाँले शिक्षा सुधारका लागि प्रधानाध्यापकको महत्त्वपूर्ण भुमिका रहेने र विद्यालयको गुणस्तर बृद्विका लागि सबैले हातेमालो गरेर अगाडी बढ्नुपर्ने बताउनु भयो । कार्यक्रमका अतिथि कमलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर शाहीले सामुदायिक विद्यालयमै शैक्षिक गुणस्तर बढाउनुपर्नेमा जोड दिनु भयो । साथै प्रधानाध्यापक लाई शैक्षिक गुणस्तर बढाउन सक्रिय हुन सुझाव दिनु भयो ।
पालिका भित्रका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकले गोष्ठीले महत्वपुर्ण उपलब्धी हुने बताउनु भयो ।गोष्ठी कार्यक्रमको सञ्चालन कमलबजार नगरपालिकाका शिक्षा शाखा प्रमुख ऋषिकेश ढकालले गर्नु भएको थियो ।
ADVERTISEMENT




