२०८२ जेष्ठ १०,
नेपालको पहिलो स्माट सटिफिकेट प्राप्त पहिलो बित्तीय संस्था युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ बिमा सुबिधा लागू गरेकाे छ ।
समूह सदस्यलाई ग्राहक संरक्षण कोष अन्तर्गत रहि जाेखिम न्युनिकरणका लागि नयाँ बिमा ऐन जारी गरेकाे हाे।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यकारी निर्देशक तथा लघुबित्त बिज्ञ डा. गोपाल दहितका अनुसार संस्थाले गर्ने हरेक पराेपकारी कार्यक्रम तथा केन्द्र प्रमुख अन्तकृया कार्यक्रममा समूह सदस्यबाट प्राप्त सल्लाह सुझावलाई मध्यनजर गर्दै समूह सदस्य तथा निजकाे हकदार अथवा ईच्छाएकाे ब्यक्तिकाे समेत बिमा गर्ने गरेकाे बताए ।
यस अघि ऋण लिए बाफत श्रीमानको रु १०० को एक वर्षको बिमा गर्दा मात्रै पनि कुनै घट्ना भईहाले युनिकले रु ३० हजार सम्मको किरिया खर्च सुबिधा दिने र सदस्य कालगतिका कारण निधन भएको हकमा १३५ प्रतिशत सुबिधा प्रदान गर्ने संगै ऋण समेत मिनाहा हुने गरेकाे थियाे तर सदस्यकाे श्रीमानकाे मृत्युमा भने ३० हजार मात्र दिने ऋण मिनाहा नहुने गरेकाे थियो पछिल्लाे जारी बिमा नियम अनुसार सदस्यकाे ईच्छाईएकाे ब्यक्ति तथा हकदारकाे मृत्युमा समेत ऋण मिनाहा संगै सुबिधा प्रदान गरिने बताए ।
अर्थबिद समेत रहेका डा दहितले सदस्यकाे मात्र बिमा गर्दा सदस्यहरु जाेखिममा पर्ने कमाउने सदस्य अथवा श्रीमानकाे मृत्युु हुदा परिवारमा दुख त छदै छ ऋण यथावत रहि रहने समस्यालाई मध्यनजर गर्दै श्रीमानकाे बिमा समेत गरि थप जाेखिमलाई मध्ये नजर गर्दै नयाँ बिमा लागू गरिएकाे बताए ।
बिमाले भबिष्यमा आउने जाेखिमलाई न्युनिकरण संगै थप जाेखिम तथा चिन्ता नबढाउने भएकाेले बिमा गर्नु अति आवश्यक रहेकाे बताए ।
बिमा गर्दा बर्तमानमा खर्च भयाे भन्ने लागे पनि भबिस्यमा घट्ना घट्दा यसकाे महत्व झनै बढ्ने तथा थाहा हुने बताए ।

एक कार्यक्रमको आयोजना गदै युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ लागू भएकाे बिमा नितिनियमबारे संस्थाका कर्मचारीहरुलाई समेत यस बारे अभिमुखिकरण गरि सकेकाे र नयाँ बिमा नियम २०८२ बैसाख १४ गते पछि लागू हुने गरि जारी भएकाे युनिक नेपाल लघुबित्त बित्तीय संस्था लि का स्टाेर सेक्सन प्रमुख नरेन्द्र चाैधरीले बताए ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि ले २०५७ साल देखी पछाडी पारिएको वर्ग थारु, दलित,मुसलिम, आदिबासी,जनजाती, सिमान्तकृत समुदाय गरिबीको रेखामुनी रहेका महिला दिदिहरुलाई लघुबित्त कार्यक्रमबाट आर्थिक रुपमा सबलीकरण गर्न तथा क्षमता अभिवृद्धी गर्न ग्रामीण क्षेत्रमा कार्य गदै आएको छ ।
हाल युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि.संग करिब ९० हजार भन्दा बढी महिलादिदी बहिनीले लघुबित्त सेवा लिदै समुहमा बसेका छन् । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि.ले कैलाली, कञ्चनपुर, बांके,बर्दिया,दाङ, कपिलवस्तु, गरी ६ वटा जिल्लामा ४१ वटा शाखा मार्फत सेवा गदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय